• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 29, 2026, Thursday, 11:08 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी

  • २७ आश्विन २०८३, मंगलवार १८:३६
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन्‌ । राष्ट्रपति पौडेलले वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका हुन्‌ । मन्त्रिपरिषद्ले सिफारिस गरेको उक्त अध्यादेश राष्ट्रपति पौडेलले जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन्‌ । उनका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले दुई अध्यादेश जारी गरेका हुन्‌ । यसैबीच सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले आसन्न विजया दशमी, दीपावली, छठ तथा नेपाल संवत् ११४७ का अवसरमा नागरिकको सेवा, सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई उच्च सतर्कताका साथ परिचालन हुन निर्देशन दिएका छन्‌ । असोज २७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट लाइभ भिडियो स्ट्रिमिङमार्फत निर्देशन दिँदै उहाँले चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३ प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिनुभएका छन्‌ । उहाँले सवारी दुर्घटना, चोरी–लुटपाट, सीमापार अवैध गतिविधि, राजस्व चुहावट तथा लागूऔषध ओसारपसार नियन्त्रणमा विशेष ध्यान दिन पनि निर्देशन दिएका छन्‌ । महानिरीक्षक पौडेलले संगठनभित्र सुशासन, पारदर्शिता र अनुशासन कायम राख्दै भ्रष्टाचार तथा अधिकारको दुरुपयोगमा शून्य सहनशीलता अपनाउनुपर्ने बताएका छन्‌ । साथै, आन्तरिक सुरक्षा तथा हुलदंगा व्यवस्थापनका क्रममा समानुपातिक बल प्रयोग, मानवअधिकारको संरक्षण र लैङ्गिक हिंसाप्रति शून्य सहनशीलताको नीति पूर्ण रूपमा पालना गर्न निर्देशन दिएका छन्‌ । त्यसैगरी राजनीतिक विश्लेषक मुमाराम खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई विवादित अडियो प्रकरणको छानबिन अवधिभर सांसद पदबाट निलम्बन गर्नुपर्ने बताएका छन्‌ । अडियो सार्वजनिक भएपछि खनालले उनका गतिविधि विगतदेखि नै उग्र, आक्रामक र असभ्य रहेको टिप्पणी गरेका छन्‌ । उनको विगतदेखिको चरित्र सार्वजनिक पदका लागि अनुकूल नभएको खनालको भनाइ छ । खनालले सामाजिक सञ्जालमार्फत अडियोमा सुनिएको आवाज कसको हो र कसलाई भनिएको थियो भन्ने विषयमा सत्यतथ्य छानबिनबाट बाहिर आउने बताउँदै घटनाको प्रकृति गम्भीर रहेको र पीडितलाई तत्काल सुरक्षा र न्यायको प्रत्याभूति दिनुपर्नेमा जोड दिएका छन्‌ । रास्वपाले छानबिन नसकिँदासम्म सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रतिबन्ध लगाउने निर्णय गरेकोप्रति खनालले स्वागत गरेका छन्‌ । तर, अडियोमा सुनिएको भनिएको अभिव्यक्तिको प्रकृति गम्भीर भएकाले उक्त निर्णय मात्र पर्याप्त नहुने उनको तर्क छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    सरकारी निकायका वेबसाइटहरुको सुरक्षा चुस्त बनाउन निर्देशन

    लागूऔषध बरामद

    का“ग्रेस पार्टीलाई वैचारिक र सामाजिक आन्दोलनको नेतृत्व गर्ने संस्थाका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त

    बाढीबाट प्रभावित परिवारका लागि रेडक्रसले आवास निर्माण गरिदिने

    रास्वपाले उम्मेदवार छनोटमा योग्यता, नैतिकता, जनविश्वास र नेतृत्व क्षमतालाई प्राथमिकता दिने

    बन्दुक बरामद

    ताजा समाचार
    १

    सरकारी निकायका वेबसाइटहरुको सुरक्षा चुस्त बनाउन निर्देशन

    २

    लागूऔषध बरामद

    ३

    का“ग्रेस पार्टीलाई वैचारिक र सामाजिक आन्दोलनको नेतृत्व गर्ने संस्थाका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त

    ४

    बाढीबाट प्रभावित परिवारका लागि रेडक्रसले आवास निर्माण गरिदिने

    ५

    रास्वपाले उम्मेदवार छनोटमा योग्यता, नैतिकता, जनविश्वास र नेतृत्व क्षमतालाई प्राथमिकता दिने

    ६

    बन्दुक बरामद

    ७

    राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी

    ८

    देशमा लगानीमैत्री वातावरण बनाउन प्रयासरत रहेको प्रष्टोक्ती

    ९

    गा“जा बरामद

    १०

    बुढीगण्डकी नदीमा आएको भीषण बाढीमा परेकाहरुको उद्धार र राहत कार्य तीव्र

    समाचार
    थप

    सरकारी निकायका वेबसाइटहरुको सुरक्षा चुस्त बनाउन निर्देशन

    लागूऔषध बरामद

    का“ग्रेस पार्टीलाई वैचारिक र सामाजिक आन्दोलनको नेतृत्व गर्ने संस्थाका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त

    बाढीबाट प्रभावित परिवारका लागि रेडक्रसले आवास निर्माण गरिदिने

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड