
काठमाडौं । बराह क्षेत्र नगरपालिका–१ चतरास्थित कोशीपुलबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित उदयपुर बेलका नगरपालिका–३ बस्ने २८ वर्षीय अनुप राईलाई बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चतरापुलबाट खटिएको प्रहरीले धरानबाट उदयपुरतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४०९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यसैबीच झापा, मेचीनगर नगरपालिका–६ बर्मेली टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१२ सरेणडाँगी बस्ने १९ वर्षीय भुमीराज राई र सोही नगरपालिका–१२ नयाँबस्ती बस्ने २२ वर्षीय इश्वर राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।









