• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 11:49 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • १३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • भदौ महिनाको संसद् क्यालेन्डर निर्धारणका लागि छलफल

  • १२ भाद्र २०८२, बिहीबार १९:०३
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भदौ महिनाको संसद् क्यालेन्डर निर्धारणका लागि पाँच प्रमुख राष्ट्रिय दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्‌ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा सत्तारुढ दल नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सचेतक अनिसा नेपाली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए । आगामी शुक्रबार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकपछि क्यालेन्डर सार्वजनिक गरिने बताइएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्‌ । सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख देवराज घिमिरेले सदनमा प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन्‌ । चीन भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री ओलीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेका हुन्‌ । त्यस्तै बैठकमा प्रमुख सचेतकसँग छलफलका क्रममा संसदको आगामी १५ दिनको क्यालेन्डर तय भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्‌ । जसअनुसार भाद्र १३ गते शुक्रबार बस्ने संसद बैठकले भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउने उनले बताएका छन्‌ । त्यस्तै भाद्र १८ गते बस्ने बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्ने र राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल गरि पारित गर्ने सम्भावित कार्यसूची तय भएको बर्तौलाले जानकारी दिएका छन्‌ । त्यस्तै उनले निजामति विधेयक राष्ट्रियसभाबाट आएको खण्डमा भाद्र १९ गते पारित गर्ने तयारी भएको उल्लेख गरेका छन्‌ । भाद्र २६ गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेन्डर तय भएको उनको भनाइ छ । त्यस्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले शुक्रबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने र त्यसपछिका कार्यक्रमका बारेको कार्यतालिका तयार भएको बताएका छन्‌ । भाद्र महिनामा १८, १९, २५, २६ र २७ गते प्रतिनिधिसभाको बैठक बस्ने तय भएको बताइएको छ । त्यसैगरी पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमाविवाद छलफलबाट समाधान नगरेसम्म छिमेकी देश भारतसँग सम्बन्ध दिगो रूपमा प्रगाढ हुन नसक्ने बताएका छन्‌ । विराटनगर विमानस्थलमा पत्रकारहरूसँग बोल्दै अध्यक्ष प्रचण्डले सीमाविवादको कुरा पहिलेदेखि नै उठेकाले प्रस्ट छलफल गरेर समाधान नगरेसम्म छिमेकी देश भारतसँगको सम्बन्ध प्रगाढ रहिरहन नसक्ने बताएका हुन्‌ । उनले आफू प्रधानमन्त्री भएको वेला भारत भ्रमणमा जाँदा सीमाविवाद समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रस्ट वर्ता गरेको र उनले पनि सीमाविवाद समाधान गर्नका लागि वार्तामा बस्ने प्रतिबद्धता जनाएको स्मरण गराएका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड