• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 01:02 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • २५३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • देश विकासका लागि युवा जोश र सही नेतृत्व अपरिहार्य रहेको धारणा व्यक्त

  • १८ मंसिर २०८२, बुधबार १८:२५
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी संघीय संसद् निर्वाचनमा विदेशस्थित गैरआवासीय नेपालीहरूले सक्रिय सहयोग गर्न आग्रह गरेका छन्‌ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधि मण्डलसँग शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले विदेशमा बस्ने नेपालीहरू देशको समृद्धि र विकासको यात्रामा जोडिनुपर्ने आवश्यकता रहेको बताएका छन्‌ । भेटका क्रममा राष्ट्रपति पौडेलले गैरआवासीय नेपालीहरूले उठाउँदै आएका एनआरएन नागरिकता, मताधिकार तथा लगानीसम्बन्धी विषयमा सरकार तहमा थप छलफल र पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्‌ । संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठको संयुक्त नेतृत्वमा पुगेको प्रतिनिधि मण्डलले एनआरएनएका प्रमुख मुद्दाहरू राष्ट्रपति समक्ष प्रस्तुत गरेको थियो । भेटमा अध्यक्ष डा. केसीले लागू भएको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन प्रक्रियामा देखिएका जटिलता र अध्यादेश मार्फत उत्पन्न भएका अल्झनहरू समाधान गर्न आग्रह गरेका छन्‌ । त्यसैगरी, अध्यक्ष महेश कुमार श्रेष्ठले संस्थाभित्रको विवाद अन्त्य भई अब संघ नेपालको समृद्धिका लागि केन्द्रित हुन लागेको जानकारी दिएका छन्‌ । उनले नेपालमा हुने निर्वाचनमा गैरआवासीय नेपालीहरूलाई मताधिकार सुनिश्चित गर्नुपर्ने माग राखेका छन्‌ । यसैबीच ऊर्जामन्त्री कुलमान घिसिङले वृद्ध उमेरका नेतृत्वले देश हाँक्न नसक्ने टिप्पणी गरेका छन्‌ । ‘उज्यालो नेपाल पार्टी’ को घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री घिसिङले देश विकासका लागि युवा जोश र सही नेतृत्व अपरिहार्य रहेको बताएका छन्‌ । उनले उमेर र क्षमताको सन्तुलन नमिल्दा देशले गति लिन नसकेको तर्क गरेका छन्‌ । घिसिङले अबको नेतृत्व सही उमेर समूह र सही समयमा आउनुपर्नेमा जोड दिएका छन्‌ । उनले ‘मेरिटोक्रेसी’ मा जोड दिँदै क्षमतावान् व्यक्तिहरूलाई मात्र नेतृत्वमा ल्याउनुपर्ने धारणा राखेका छन्‌ । आफ्नो मन्त्री कार्यकालको अनुभव सुनाउँदै उनले पुराना ऐन–कानुनले काम गर्न नदिएको गुनासो गरेका छन्‌ । त्यसैगरी अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ठेक्का लागिसकेका आयोजनाको बजेट कटौती नहुने स्पष्ट पारेका छन्‌ । सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सदस्यहरूले आयोजना कटौतीका विषयमा असन्तुष्टि जनाएपछि अर्थमन्त्री खनालले ठेक्का लागिसकेका र काम प्रारम्भ भइसकेका आयोजनाहरूमा बजेट कटौती नहुने स्पष्ट पारेका हुन्‌ । उनले ग्रामीण तथा प्राथमिक क्षेत्रमा जाने कर्जा प्रभावित भएका कारण तरलता बढेको भन्दै यस्ता समस्या समाधान गर्ने बताएका छन्‌ । विपन्न वर्ग र प्राथमिक क्षेत्रमा प्रभावकारी रूपमा जाने कर्जा अब नरोकिने भन्दै तरलता केही कम हुने उनको भनाइ छ । उनले सरकारको सीमित स्रोतका कारण स्थानीय र प्रदेश सरकारले खर्च गर्न नसकेको रकमलाई संघीय सरकारले उपयोग गरेकाले केही सहज भएको जिकिर गरेका छन्‌ । मन्त्री खनालले सरकारी कोषको दुरुपयोग रोक्न पदाधिकारीको सेवा सुविधा कटौती गरिएको भन्दै यसका कारण पर्ने असरका बारेमा छलफल गर्न सरकार तयार रहेको जिकिर गरेका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड