• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 11:39 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ५३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • का“ग्रेसले जनकपुरधामबाट फागुन ६ मा निर्वाचनको प्रचार प्रसार सुरु गर्ने

  • २५ माघ २०८२, शनिबार १९:०६
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । नेपाली कांग्रेसले अगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको प्रचार प्रसारको लागि पहिलो पटक चुनावी आमसभा मधेस प्रदेशको राजधानी जनकपुरधामबाट सुरु गर्ने भएको छ । काङ्ग्रेसले फागुन ६ गते तिरहुतिया गाछिमा पहिलो पटक चुनावी आमसभा गर्न लागेको हो । मधेश प्रदेश कार्यसम्पादन समितिको बैठकले सो चुनावी आमसभाको मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पजियार र प्रचार–प्रसारको जिम्मेवारी सञ्चार विभाग मधेस प्रदेश प्रमुख नितेश कुमार गुप्तालाई दिएको छ । त्यसैगरी, मधेश सभाको समग्र तयारी, व्यवस्थापन तथा संगठनात्मक विषयमा व्यापक छलफल गर्दै सभालाई प्रभावकारी र सफल बनाउन मधेश प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट लाखौँ सहभागीहरू बोलाउने निर्णय गरिएको छ । उक्त सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने केन्द्रका पदाधिकारीहरूको समेत उपस्थिति रहने नेपाली कांग्रेस मधेश प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिएका छन्‌ । यसैबीच गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढङ्गमा देशैभर तोकिएकै मितिमा सम्पन्न हुने बताउनु भएको छ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारीसम्बन्धी विषयमा नुवाकोट र धादिङ जिल्लाको स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयहरू पुग्नु भई उहाँले सो धारणा राख्नु भएको हो । निरीक्षण अनुगमनको टोलीमा गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की तथा गृहमन्त्री अर्यालको सचिवालयका सदस्यहरू सहभागी हुनुहुन्थ्यो । उहाँले निर्वाचनका क्रममा फैलाइँदै आएका मिथ्या र भ्रामक सूचनाबाट सचेत रहन र आ–आफ्नो जिम्मेवारीअनुसार निर्वाचन तयारीमा लाग्न सम्बद्ध सबै पक्षलाई आग्रहसमेत गरेका छन्‌ । नुवाकोटका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको निर्वाचन तयारीसम्बन्धी प्रस्तुतीकरण अवलोकन गरेपछि गृहमन्त्री अर्यालले जिल्लामा भरपर्दो सुरक्षा व्यवस्था मिलाई निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनुभएको गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्लेले जानकारी दिएका छन्‌ । निरीक्षणका क्रममा मुख्य निर्वाचन अधिकृत आचार्यले हालसम्म कार्यालयबाट गरिएका तयारी, निर्वाचन सामग्री व्यवस्थापन, मतदाता सूची अद्यावधिक र सुरक्षासम्बन्धी समन्वयबारे टोलीलाई जानकारी गराएका छन्‌ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका युवा नेता सुदन गुरुङ जेन–जी आन्दोलनका योद्धा भएको बताउँदै उनलाई संघीय संसदमा पठाउनुपर्ने बताएका छन्‌ । गोरखाका मतदातासँग कुराकानी गर्दै सभापति लामिछानेले गुरुङको खुलेरै प्रशंसा गरेका छन्‌ । सभापति लामिछानेले सुदन गुरुङको कार्यशैली र राजनीतिक परिपक्वतामा मानिसहरूले प्रश्न उठाउन सक्ने भए पनि उनको देशप्रतिको मायामा शंका गर्ने ठाउँ नरहेको स्पष्ट पारेका छन्‌ । उनले सुदन देशलाई माया गर्ने छोरो भएकोमा आफूलाई रत्तिभर शंका नरहेको जिकिर गरेका छन्‌ । लामिछानेले सुदन गुरुङलाई नयाँ पुस्ताको आन्दोलन र परिवर्तनको पक्षमा उभिने योद्धाको रूपमा चित्रण गरेका छन्‌ । पार्टीभित्र र व्यक्तिमा केही कमजोरीहरू हुन सक्ने स्वीकार गर्दै लामिछानेले ती कमजोरीलाई सुधार्दै लैजाने र सबै साथीहरूले होस्टेमा हैँसे गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्‌ । सभापति लामिछानेले सुदन गुरुङलाई विजयी गराएर नीति निर्माण तहमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड