
काठमाडौं । हरिपुर्वा नगरपालिका–३ धनकौलस्थित नेपाल राष्ट्रिय आधारभुत बिद्यालयको कम्प्युटर कक्षाबाट ९ थान कम्प्युटर, प्रिन्टर १ थान र बच्चाको खेलौना २ बोरा गरी करिब ४ लाख रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्न‘का साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । यसैबीच पञ्चपुरी नगरपालिका–१० बस्ने ४५ वर्षीय जगत बहादुर खत्रीसहित ३ जनालाई भरूवा बन्दुक ३ थानसहित दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तातापानीबाट खटिएको प्रहरीले जगत बहादुर खत्रीसहित ३ जनाको घरबाट उक्त बन्दुक फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।









