• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 04:44 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ५६१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मुलुकमा सुशासन कायम गर्ने सिलसिलामा चुनौती खडा गरेको धारणा व्यक्त

  • १३ आश्विन २०८०, शनिबार १८:३३
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौँ । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउन सरकारले आनाकानी गरेपछि नेकपा एमालेले संसदमा विरोध जनाउने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले अब बस्ने प्रतिनिधिसभा बैठकमा असोज ५ गते भित्र गठन गर्ने भनिएको समिति नबनाएको बिषयले संसदमा काम कारबाही अवरोध गर्ने संकेत गरेका छन् । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित रहेको र पूणर्रुपमा सफल भएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभा र चीनको साताव्यापी भ्रमण पूरा गरी स्वदेश फर्केका छन् । प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा चीन भ्रमणले दुई देशबीचको आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबीच रहिआएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्वपूणर् भूमिका खेलेको विश्वास व्यक्त गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही सेप्टेम्बर १७ देखि २१ सम्म संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभा भाग लिन अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका थिए । महासभामा सहभागी भई प्रधानमन्त्री दाहाल त्यतैबाट जनवादी गणतन्त्र चीनको भ्रमणमा गएका थिए । चीनका प्रधानमन्त्री लि छियाङको मैत्रीपूणर् निमन्त्रणामा प्रधानमन्त्री दाहालले यही सेप्टेम्बर २३ देखि ३० सम्म मित्रराष्ट्र चीनको औपचारिक भ्रमण गरेका हुन् । प्रधानमन्त्री दाहाल चीनको हाङझाउमा आयोजित १९औँ एशियाली खेलकुदको उद्घाटन समारोहमा पनि सहभागी भएका थिए । चीनका राष्ट्रपति सि चिनपिङले गरेको नेपाल भ्रमणपछि प्रधानमन्त्री स्तरमा नेपालबाट गरिएको यो पहिलो उच्चस्तरीय भ्रमण भएको उनको भनाइ छ । भ्रमणका दौरान चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भएका छलफलबाट नेपाल-चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त भएको जानकारी दिए । दुई देशबीचको रहेको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा विचारको स्पष्ट आदानप्रदान हुनुका साथै नेपालको विकास प्रयासमा चीनको साथ र सहयोगका सम्बन्धमा खुलेर कुरा भएको प्रधानमन्त्री दाहालको भनाइ छ । सो भेटमा नेपाल-चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडानका लागि दुई देशका उड्डयन निकायबीच सहकार्य गर्न प्रोत्साहन गर्ने बारेमा सकारात्मक छलफल भएको प्रधानमन्त्री दाहालले उल्लेख गरेका छन् । त्यसैगरी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा नीति निर्माण र कार्यान्वयन पक्ष कमजोर रहेको बताएका छन् । उनले राजनीतिक दल, सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारी वकिल कार्यालयबाट भएका निणर्यले सुशासन कायम गर्ने सिलसिलामा चुनौती खडा गरेको धारणा राखेका थिए । हामीले अवलम्बन गरेको प्रणाली, सत्ता, जिम्मेवार व्यक्ति र नीति निर्माताप्रति जनतामा असाध्यै ठूलो निराशा रहेको बताउँदै उनले जनताको यो निराशालाई गलत साबित गर्न सरकार, राजनीतिक दल र सांसदले जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने खाँचो औंल्याए । कैयौं घटनामा सरकारी वकिलले के गर्छ भनी जनताले नियालिरहेकामा जघन्य र ठूला घटनामा संलग्नका मुद्दा नचलाउने र फिर्ता लिने कुराले कानुनी राज्यमाथि नै प्रश्न उठेको उनको विश्लेषण छ । संस्कृति, सम्पदा, भूगोल, चलन, प्राकृतिक स्रोत र साधनका हिसाबले हाम्रो मुलुक संसारकै समृद्ध रहे पनि हाम्रा गलत अभ्यासले जनतामा केही हुन्न भाव फैलिएको बताउँदै अध्यक्ष केसीले बालबच्चालाई अङ्ग्रेजी सिकाउने, त्यही खुवाउने र लाउने प्रवृत्तिले राष्ट्रियता कमजोर भएको विचार प्रकट गरेका छन् । शैक्षिक परामर्शका नाममा विद्यार्थी र युवालाई आफ्नो व्यापार वृद्धि गर्न विदेश जान प्रेरित गर्ने काम भइरहेको उनले बताएका छन् । सरकार चलाउने र नियम कानुन बनाउनेप्रति नै जनताको अविश्वास बढिरहेको विषय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कहालीलाग्दो भीडले पुष्टि गरेको बताउँदै सांसद केसीले शिक्षण संस्थाले पनि देशभक्तिको भावना बढाउने शिक्षा दिलाउन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । सिद्धान्तदेखि अत्यावश्यक सबै आयात गर्नु परिरहेको परिस्थितिप्रति असन्तुष्टि व्यक्त गर्दै नेता केसीले हाम्रो निर्यात भनेको राष्ट्र विकासका लागि आवश्यक युवा जनशक्तिमात्र हुन पुगेको भनी व्यङ्ग्य गरेका छन् । उनले उदारीकरणका नाममा मुलुकका राष्ट्रिय उद्योगधन्दा र कलकारखाना सबै सखाप भएको उनले उल्लेख गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड