
काठमाडौं । कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-७ सिमलफाँटा बस्ने अर्जुन ऐरलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६ ग्राम ६५ मिलिग्रामसहित दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । झापा, मेचिनगर नगरपालिका-१० खयरडागीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित सोही नगरपालिका-१५ बस्ने २६ वर्षीय कैलाश थेबेलाई बेलुकी प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-१२ बस्ने ३२ वर्षीय तिर्थ स्याम्वो र सोही उपमहानगरपालिका-१३ बस्ने ४३ वर्षीय ईच्छा ठोकर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र प्रहरी चौकी ईनार्वाबाट खटिएको प्रहरीले बा.प्र.०३-००५ प ४१८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैबीच चन्द्रागिरी नगरपालिका-३ थानकोट समृद्धी टोल बस्ने रोशन थापाको घरबाट नगद र विभिन्न सुन तथा चाँदीका गहना गरी करिब ३ लाख ४६ हजार ३ सय रूपैयाँ बराबरको धनमाल बिहान चोरी भएको छ ।









