
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निणर्यविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म माइतीघर-बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको थियो । उक्त निणर्यविरुद्ध अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । बिना हातहतियार शान्तिपूणर् रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निणर्य गरिएको भन्दै बदरको माग राखेर अधिवक्ता नेपालले रिट दर्ता गरेका हुन् । उक्त रिट निवेदनको प्रारम्भिक सुनुवाइ बुधबारका लागि तोकिएको छ । त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बन्ने दाबी गरेका छन् । पर्साको पोखरियामा आयोजित आमसभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमालेले अहिले देश संगठन विस्तारको अभियान चलाइरहेको र २०८४ को चुनावमा एमालेको एकल बहुमतको सरकार बन्ने दाबी गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेबाहेक कुनै पनि पार्टीले देशलाई समृद्ध बनाउन नसक्ने, देशलाई अहिलेको बेथिति र विसंगतिबाट बाहिर निकाल्न एमालेको सरकारको विकल्प नै नभएको जिकिर पनि उनले गरेका छन् । छिमेकी मुलुकहरूसँग दबिएर होइन, समान हैसियत बनाएर अगाडि बढ्ने नीतिमा एमाले नेतृत्वमा बन्ने सरकारको रहने उनले बताएका छन् । मुलुकमा अहिलेको गठबन्धनको सरकारका कारण चरम बेथिति, भ्रष्टाचार र आर्थिक मन्दी बढ्दै गएकाले यी सबैबाट देशलाई बाहिर निकाल्न मुलुकमा एमाले नेतृत्वको सरकार नै आवश्यक भएको उनले बताएका छन् । त्यसैगरी मुलुकको अर्थतन्त्रमा देखिएका समस्याको समाधान गर्नका लागि निजी क्षेत्रलाई बोलाएर छलफल गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार आर्थिक मुद्दामा संवेदनशील रहेको बताएका छन् । निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै दाहालले आर्थिक क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सामूहिक प्रयत्नको आवश्यक रहेको बताएका छन् । छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिषंघ, नेपाल चेम्बर अफ कमर्स लगायत निजी क्षेत्रका संस्थाका अध्यक्ष तथा प्रतिनिधि सहभागी थिए । प्रधानमन्त्री दाहालले अर्थतन्त्रका केही सूचक सकारात्मक भएपनि दबाबमा रहेको स्वीकार गरेका छन् ।









