• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 12:00 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • २३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जिबि राईलाई सरकारले समात्न नसकेको आरोप

  • ६ माघ २०८०, शनिबार १८:३७
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फरार रहेका जिबि राईलाई सरकारले समात्न नसकेको आरोप लगाएका छन् । पत्रकारहरुसंगको भेटमा लामिछानेले फरार रहेका जिबि राईलाई सरकारले समात्न नसकेको बताएका हुन् । उनले आफू डेढ वर्ष अघिदेखि सो संस्थामा नभएको स्पष्ट पारेका छन् । लामिछानेले चितवनका सहकारी पीडितसँग समेत भेट गरेका छन् । यसअघि लामिछाने सहभागी रहेको ग्यालेक्सी फोर के टेलिभिजनमा सहकारी बचतकर्ताको लगानी रहेको थियो । त्यतिखेर लामिछाने टिभीका प्रबन्धक निर्देशक थिए । सहकारी सञ्चालक समितिका अध्यक्ष जिबि राई फरार छन् । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘विज्ञान, प्रविधि र नवप्रवद्र्धन’ मा विकासशील र अल्पविकसित देशले सामना गरिरहेका व्यवधानलाई सम्बोधन गर्न असंलग्न आन्दोलन (नाम) ले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । ‘नाम’ ले संयुक्त राष्ट्रसंघको पुनःसंरचनामा महत्वपूणर् भूमिका निर्वाह गर्नुपर्छ भन्दै उनले दिगो शान्ति र साझा समृद्धि सुनिश्चितताका लागि बहुपक्षीय संस्था समावेशी, पारदर्शी र लोकतान्त्रिक हुनुपर्ने बताएका छन् । विश्वले झेल्नुपरेका साझा र समसामयिक चुनौतीलाई सम्बोधन गर्न ‘नाम’ ले नेतृत्व लिनुपर्ने उनको भनाइ छ । सन् १९५५ अफ्रो-एसियाली सम्मेलनबाट ‘नाम’ को वीजारोपण भएदेखि यसले लामो यात्रा तय गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस आन्दोलनले विश्वका धेरै देशको राजनीतिक स्वतन्त्रता, उपनिवेशीकरण र सार्वभौमसत्ता प्राप्त गर्न महत्वपूणर् भूमिका निर्वाह गरेको बताएका छन् । कोरोना महामारीपछिको पुनरुत्थान सुस्त र असमान रहेको जनाउँदै उनले यसले गरिब र सबैभन्दा कमजोर वर्गमाथि प्रहार गरेको बताएका छन् । महामारीपछि बहुआयामिक संकट निम्तिएको उनको भनाइ छ । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटावार्ता भएको छ । असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रको १९औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका उनीहरुबीच द्विपक्षीय भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री दाहालले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलङ्का एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र आपसी हितमा दुवै देशको सहकार्य आवश्यक रहेकामा जोड दिएका छन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकामा जोड दिँदै प्रधानमन्त्री दाहालले त्यसका निम्ति साझा भूमिका खेल्नुपर्ने बताएका छन् । सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयहरू सम्बोधन गर्नुपर्नेमा उनले जोड दिएका छन् । सो क्रममा श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घेले सार्कलाई सक्रिय तुल्याउन आफूहरूको सहयोग रहने बताउँदै क्षेत्रीय हित र साझा आर्थिक क्रियाकलापमा नेपाल र श्रीलङ्काबीच सहकार्य आवश्यक रहेकामा जोड दिनुभएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री दाहालसँगै परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रूपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल लगायत परराष्ट्र मन्त्रालयका अधिकारी उपस्थित थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड