• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 10:37 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ३६३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • षड्यन्त्रपूर्वक माओवादी केन्द्रलाई सत्ताबाट बहिर्गमन गराएको टिप्पणी

  • १ भाद्र २०८१, शनिबार १९:३१
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई अधिकारसम्पन्न बनाउन सामूहिकरूपमा पहल भएमा संविधान संशोधन गर्न सकिने बताएका छन् । मुलुकी संहिता दिवसको अवसरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कुनै व्यक्ति वा सांसदले चाहेमा मात्रै संविधान संशोधन हुन नसक्ने भन्दै यसका लागि सामूहिकरूपमा पहल आवश्यक रहेको बताएका छन् । उनले सबैले नागरिक दायित्व ग्रहण गरेर राष्ट्रियभावका साथ प्रस्तुत भएमा संविधान र कानुनको पालना सहज हुने बताएका छन् । प्रधानमन्त्री ओलीले संविधान र कानुनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको प्रवर्धन गर्नुपर्नेमा जोड दिएका छन् । अपराधमाथिको अनुसन्धान, अभियोजन र न्याय निरूपण गर्ने संस्थाहरूलाई स्वच्छ र जिम्मेवार तुल्याउनुपर्ने उनले बताएका छन् । नेपालले न्याय क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्दै आएको भन्दै प्रधानमन्त्री ओलीले दक्षिण एसियामा कानुन र संविधान निर्माणजस्ता विषयमा नेपाल अगाडि नै रहेको दावी गरेका छन् । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले मर्यादाक्रम अनुसारका तलवमान दिनु भनी दिएको आदेशले राज्यको दायित्व बढ्ने भएकाले निणर्य गर्न असुविधा भएको बताएका छन् । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले षड्यन्त्रपूर्वक माओवादी केन्द्रलाई सत्ताबाट बहिर्गमन गराएको टिप्पणी गरेका छन् । पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पोष्ट बहादुर बोगटीको स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले षडयन्त्रमुलक तरिकाले मध्यरातमा सत्ताबाट हटाइएको बताएका छन् । अध्यक्ष प्रचण्डले सरकारबाट बाहिरिँदा बिजेताका रुपमा बाहिरिएको बताउँदै अब आफुहरु जनतामा जान चुनौती र अवसर रहेको बताएका छन् । उनले पार्टीभित्रका नेताहरुले नबुझेजस्तो गरेपनि जनताले बुझिरहे पनि आफ्नै संगठन भित्रका नेताले नबुझेको गुनासो गरेका छन् । प्रचण्डले संगठनात्मक अराजकता, कुण्ठा र विचलनको समस्या देखा परेकाले पार्टीभित्र एकताबद्ध बनाएर अगाडि पार्टी पुननिर्माणको गति अगाडि बढाउन खोजिएको बताएका छन् । त्यसैगरी उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले अर्थतन्त्रमा रहेको मन्दीलाई चिर्न कार्यक्रमहरु बनाइरहेको बताएका छन् । काठमाडौंमा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाँले यस्तो कुरा बताएका हुन् । उनले वर्तमान सरकारले अर्थतन्त्रलाई सबल बनाउन कार्यक्रमहरु बनाइरहेको जिकिर गरेका छन् । उनले आम नेपालीको अपेक्षालाई मूर्त रुप दिन वर्तमान सरकार बनेको जिकिर गरेका छन् । उनले देशको अर्थतन्त्रमा सुधार ल्याउन, सामाजिक रुपमा हुनुपर्ने काममा रहेका बाधा अड्चन हटाउन र देशमा सुशासन कायम गर्न सरकार लागिपरेको बताएका छन् । उपप्रधानमन्त्री सिंहले काठमाडौंको १ नम्बर निर्वाचन क्षेत्रको विकास निर्माणका काममा प्रभावकारीताका साथ अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड