• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 12:01 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ५७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपाली मनलाई विभाजित गर्ने र अराजकता मच्याउने प्रयास भईरहेको अभिव्यक्ति

  • १३ कार्तिक २०८१, मंगलवार १८:१५
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गरेका छन् । सशस्त्र प्रहरी बल, सिसं-१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अराजकता र कानुन विपरीतका क्रियाकलाप सफल हुन त के मौलाउन पनि नदिइने स्पष्ट गरेका हुन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रतिष्ठान, मातातीर्थमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले प्राकृतिक विपद्लगायत अन्य परिस्थितिलाई सामना गर्दै मुलुकको शान्ति स्थापना कार्यमा तैनाथ हुन लागेकामा सहभागी प्रहरी अधिकृतलाई शुभकामना दिँदै बललाई प्रभावकारी बनाउन र सुविधा बढाउने विषयमा कानुनमा आवश्यक संशोधनको तयारी भएको जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षालाई सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सङ्गठनको क्षमता, उचाइ र कामलाई अझ माथि उठाउन शुभकामना दिएका छन् । समारोहमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह मन्त्रालयका सचिव गोकणर्मणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उपस्थिति थिए । यसैबीच उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले इतिहासलाई भुलेर राम्रो भविष्य निर्माण हुन नसक्ने बताएका छन् । बनेपा बुडोलमा रहेको काभ्रे बहुमुखी क्याम्पसको छैटौँ क्याम्पस सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले इतिहासबाट पाठ सिकेर सुन्दर भविष्य निर्माणमा लाग्न युवाहरूलाई आग्रह गरेका छन् । काभ्रेमा सामुदायिक स्तरबाट सस्तो र गुणस्तरीय शिक्षा प्रवाहमा काभ्रे बहुमुखी क्याम्पसले गरेको योगदानको उपप्रधानमन्त्री सिंहले प्रशंसा गर्दै आगामी दिनमा अझ दक्ष शैक्षिक जनशक्ति उत्पादनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । त्यसैगरी कृषि तथा पशुपंछी विकासमन्त्री रामनाथ अधिकारीले ठूलो रकम अनुदान लिएकाहरूको फाइल अध्ययन गर्न सुरु गरिएको बताएका छन् । नेपाल किसान महासंघ बाँकेद्वारा कोहलपुरमा आयोजित ‘एक दिने कार्यशाला गोष्ठी तथा अन्तरसंवाद कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले ठूलो रकम अनुदान लिएकाहरूको फाइल अध्ययन गर्न तीन सदस्यीय समिति बनाइएको जानकारी समेत दिएका छन् । समितिले छिटै अध्ययन सक्ने र अनुदान लिएकाहरूको नाम सार्वजनिक गरिने मन्त्री अधिकारीले बताएका छन् । कृषि अनुदानको सहि सदुपयोग होस भन्ने आफ्नो चाहाना रहेकोमा मन्त्री अधिकारीले जोड दिएका छन् । उनले आफ्नो तर्फबाट सक्दो काम गर्ने बताउँदै मन्त्रालयबाट निस्कँदा निष्कलंक भएर निस्कने दृढता व्यक्त गरेका छन् । मन्त्री अधिकारीले कोहलपुरमा पाउडर प्लान्ट स्थापना गर्ने विषय आफ्नो प्राथमिकतामा परेको समेत बताएका छन् । उनले आफूले मन्त्रालय सम्हालेपछि दुध र उखुको बाँकी बक्यौता रकम भुक्तानी तथा बाली बीमाको रकम उपलब्ध गराउन सफल भएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड