• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 02:06 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ४२७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • एकताबद्ध प्रयासबाट मुलुकलाई शान्त र समृद्ध बनाउन आग्रह

  • १३ पुष २०८१, शनिबार १९:०७
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक सद्भाव कायम गर्दै एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिने बताएका छन्‌ । नेपाल संवत् ११४५ का अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को काठमाडौं महानगर कमिटीद्वारा वसन्तपुरमा आयोजित जलपान कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै एमाले अध्यक्ष ओलीले एकताबद्ध प्रयासबाट मुलुकलाई शान्त र समृद्ध बनाउन सकिने उल्लेख गर्दै त्यसतर्फ लाग्न सबै तहका नेता तथा कार्यकर्तासँग आग्रह गरेका छन्‌ । कला, संस्कृति र सभ्यतामा धनी हामीले आफ्नो राष्ट्रिय पहिचान र संस्कृतिलाई बचाएर मानव जगतको कल्याणका लागि काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । त्यस अवसरमा एमाले पोलिटब्युरो सदस्यहरू आनन्द पोखरेल, रामेश्वर फुयाँल, केन्द्रीय सदस्य शान्ति अधिकारी, काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत महानगर कमिटीका सदस्य सहभागी थिए । यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रज नेताहरूले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रित हुनुपर्ने बताएका छन्‌ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं कांग्रेस नेता पीएल सिंहको १३औँ पुण्यतिथिमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा देउवाले अग्रज नेताले देश र जनतालाई केन्द्रमा राखेर गरेका अधुरा कामलाई अघि बढाउनुपर्ने बताएका छन्‌ । सभापति देउवाले स्वर्गीय पीएल सिंहले जनताको सेवाका लागि गरेका कामको स्मरण गरेका छन्‌ । पीएल सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान दिएको भन्दै उनले पीएल सिंहको निधनले पार्टीलाई मात्रै नभई देशलाई नै ठूलो क्षति भएको धारणा राखेका छन्‌ । त्यसैगरी नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेको नेतृत्वमाथि प्रश्न उठाएपछि भीम रावललाई पार्टीबाट निकालिएको बताएका छन्‌ । काठमाडौंमा आयोजित कार्यक्रममा भुसालले आफ्नो विरोध गर्नेलाई केपी ओलीले सत्रु ठान्ने र आफ्ना चाकरी गर्नेलाई काखी च्याप्ने गरेको भन्दै भीम रावललाई ओलीप्रति प्रश्न उठाएपछि एमालेबाट निकालिएको बताएका छन्‌ । अहिलेको अवस्थामा ओलीको सबै प्रयोग असफल भएकाले पार्टीको नेतृत्व छाड्नु हितकर हुने उनले सुझाव थियो । उनले रावललाई आफ्नै पार्टीमा आउन आह्वानसमेत गरेका छन्‌ । भुसालले सहकारी प्रकरणमा भएको छानबिनमा केही गडबड भएको महसुस आफूलाई भएकाले निष्पक्ष न्यायीक छानबिन हुनुपर्ने पनि बताएका छन्‌ । रवि लामिलानेलाई इर्स्याका कारण केही दुःख दिएको हुनसक्ने उनले बताएका छन्‌ । त्यस्तै महासचिव भुसालले गणतन्त्रमा अपेक्षा अनुसारको नेतृत्व देशले अझै पाउन नसकेको बताएका छन्‌ । मुलुकको सबै समस्याका साथै हक अधिकार स्थापित गराउनुपर्नेमा त्यसो हुन नसकेको उनले बताएका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड