• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 01:46 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ११५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • संविधान संशोधनको मुद्दामा जनतासमक्ष गरेको प्रतिबद्धतामा धोका भएको जिकीर

  • १९ असार २०८२, बिहीबार १९:३३
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान संशोधनको मुद्दा अगाडि सारेर सरकार बनाएका दलहरूले संशोधनको मुद्दालाई भाषण र नारामा मात्र सीमित राख्नु जनतासमक्ष गरेको प्रतिबद्धतामा धोका भएको बताएका छन्‌ । पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा लिखित १७ बुँदे धारणा प्रस्तुत गर्दै केसीले सो विचार व्यक्त गरेका हुन्‌ । केन्द्रीय समिति बैठकमा बोल्दै नेता केसीले जनतामा व्याप्त निराशा र जनआक्रोशको प्रमुख कारण भ्रष्टाचार, दण्डहीनता, कुशासन र आर्थिक अपराधले उब्जाएको र कांग्रेसले लाचार र मूकदर्शक भएर त्यसलाई टुलुटुलु हेरिरहेकाले पार्टीको साख घटेको बताएका छन्‌ । साथै, उनले यसविरुद्ध सरकार र जनस्तरको आन्दोलन कांग्रेसकै नेतृत्व र समन्वयमा हुनुपर्नेमा पनि जोड दिएका छन्‌ । नेता केसीले आजसम्मका चर्चित र नीतिगत भ्रष्टाचार काण्डहरूको छानबिन गर्न कुनै पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा सर्वशक्ति सम्पन्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसले नै पहलकदमी गर्नुपर्नेमा पनि जोड दिएका छन्‌ । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा भएका महत्वपूर्ण कुरालाई उल्टाउने प्रयास भइरहेको बताएका छन्‌ । काठमाडौंमा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित दुर्गा नारायण ढकालको कृति समाजवादी दर्शनको रुपरेखा लोकार्पण गर्दै प्रचण्डले प्रतिक्रियावादीलाई अनुकूल बनाउन संविधानमा भएका महत्वपूर्ण कुरालाई उल्टाउने प्रयास भइरहेको बताएका हुन्‌ । प्रचण्डले जनवादी प्रचार गर्दा संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने सिस्टम हो भनेर प्रचार गरिएको उल्लेख गर्दै अहिले संसदमा त्यस्तै देखिएको जिकिर गरेका छन्‌ । समितिको प्रतिवेदनमा भइरहेका छेडखानीले बाहिर देखाउने एउटा र भित्र अर्कै खेल हुने गरेको पुष्टि भएको उनले बताएका छन्‌ । प्रचण्डले आफ्नो नेतृत्वमा प्रत्येक पटक सरकार बन्दा समाजवादतर्फ देशलाई लैजान बल गरेको भन्दै बुद्धिजीवीले त्यस कुरालाई बुझ्न नसकेको आरोप लगाएका छन्‌ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कार्तिक २७ गते हुने रुपन्देही क्षेत्र नम्बर–३ को उपनिर्वाचनको तयारीलाई तीव्रता दिएको छ । पार्टीको सचिवालय बैठकले उपनिर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्ने विधिबारे विस्तृत छलफल गरेको छ भने अन्तिम कार्यविधि आगामी आइतबार टुंगो लगाउने निर्णय गरेको छ । प्रवक्ता मनिष झाले बैठकमा उम्मेदवार छनोटका लागि प्रस्तावित विधिमाथि छलफल भएको र त्यसमा आएका सुझावहरूलाई समेत समेटेर अन्तिम रूप दिइने बताएका छन्‌ । उक्त परिमार्जित कार्यविधि अनुमोदनका लागि आइतबार बस्ने सचिवालय बैठकमा प्रस्तुत गरिने भएको छ । रास्वपाले रुपन्देही–३ मा आम नागरिक र पार्टीका शुभेच्छुकहरूको भावनालाई समेटेर पारदर्शी छनोट विधिमार्फत योग्य र सक्षम उम्मेदवार उठाउने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड