• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 01:46 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ६० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गर्न निर्देशन

  • १७ चैत्र २०८२, मंगलवार १८:५९
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बालबालिकालाई सानै उमेरदेखि विपद् उद्धारसम्बन्धी कुराहरु सिकाउनुपर्ने बताएका छन्‌ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग भएको छलफलमा मन्त्री गुरुङले जीवनोपयोगी सीप विकास गराउने उद्देश्यले विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गर्नका लागि पहल गर्न निर्देशन दिएका हुन्‌ । मन्त्री गुरुङले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरी उक्त कार्यक्रम कार्यान्वयन गर्ने योजना ल्याउनुपर्ने बताएका छन्‌ । बालबालिकालाई प्राकृतिक विपद्का समयमा सुरक्षित रहने तरिका, प्राथमिक उद्धार सीप तथा सचेतनामूलक ज्ञान प्रदान गर्ने लक्ष्य मन्त्री गुरुङको रहेको छ । यस कार्यक्रममार्फत विद्यार्थीलाई व्यवहारिक ज्ञानसहित आपतकालीन अवस्थाको सामना गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ । सम्बन्धित निकायहरूबीच आवश्यक सहकार्य गरी परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने मन्त्री गुरुङको सचिवालयले जनाएको छ । यसैबीच ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले नवगठित सरकारले भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय सुरुवात गरेको बताएको छ । एक विज्ञप्ति जारी गर्दै ट्रान्सपरेन्सी नेपालले देशलाई सुशासनतर्फ लैजान समयसीमासहित बृहत् कार्यसूची पारित गरेकोमा प्रशंसा गरेको हो । ‘जनताको सुशासनको चाहनाअनुरूप प्रतिनिधिसभाको करिब दुईतिहाइ बहुमतसहित नवगठित सरकारले पारित गरेको शासकीय सुधारसम्बन्धी कार्यहरूको सूची जनादेशको भावना र मागअनुरूप हुनुका साथै धेरै वर्षदेखि उठाइँदै आइएका सुशासनका विषयहरू अधिकांश रूपमा समावेश भएको ठहर गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल प्रशंसा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । पहिलो बैठकमै उक्त कार्यसूची पारित गर्नुले नयाँ सरकारले जनताको हित र सुशासनप्रति प्रतिबद्धता देखाएको ट्रान्सपरेन्सीले जनाएको छ । ‘बृहत् कार्यसूचीमा उल्लेखित कार्यहरूको कार्यान्वयनको सुरुवात भइसक्नु सराहनीय छ । तोकिएको समयसीमाभित्र सबै कार्यहरू सम्पन्न हुनेछन् भन्नेमा आशा र विश्वास लिएका छौँ,’ ट्रान्सपरेन्सी नेपालले भनेको छ । त्यसैगरी नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा सहभागी १ सय ६५ क्षेत्रकै उम्मेदवारसँग चुनावी समीक्षा गर्ने भएको छ । कांग्रेसको चैत १० र ११ गतेको केन्द्रीय समितिको वैठकको निर्णय अनुसार ‘निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो’ सन्दर्भमा सात वटै प्रदेशमा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका नेताहरुसँग समीक्षात्मक छलफल गर्ने भएको हो । जसका लागि प्रदेशगत रुपमा छलफलको मिति तोक्दै संयोजक समेत तोकिने भएको छ । छलफल कार्यक्रम तोकिएका संयोजकको समन्वयमा सम्बन्धित प्रदेश अन्तर्गत रहने केन्द्रीय कार्यसमितिका सदस्यहरु, प्रदेश कार्यसमितिका पदाधिकारीहरु, जिल्ला सभापतिहरु, प्रतिनिधि सभा क्षेत्रीय सभापतिहरु, प्रदेश सभा सदस्यहरु, प्रदेश सभा क्षेत्रीय सभापतिहरु र प्रतिनिधि सभाका प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरुको उपस्थितिमा सम्बन्धित जिल्ला कार्यसमितिले कार्यक्रम व्यवस्थापन गर्ने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड