• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 11:58 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ८६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • बैंकिङ कसुर मुद्दामा शंकर गु्रपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ

  • ६ श्रावण २०८३, बुधबार १९:१६
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन्‌ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनलाई बुधबार डिल्लीबजारबाट पक्राउ गरेको हो । बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता अनुपमशमशेर जबराले बताएका छन्‌ । विभिन्न बैंकबाट लिएको कर्जा दुरुपयोगको अभियोगमा गत महिना उनीविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको थियो । सोही मुद्दामा फरार रहेका अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो । उनलाई बिहीबार अदालतमा पेस गरिने एसएसपी जबराले बताएका छन्‌ । जगदम्बा स्टिल्सको नाममा विभिन्न बैंकबाट लिइएको ४२ करोड १४ लाख रुपैयाँ दुरुपयोग गरेको अभियोगमा शंकरलाल, उनका छोराहरू साहिल र सुलभ तथा बिचौलिया दीपक भट्टविरुद्ध गत २८ जेठमा मुद्दा दायर भएको थियो । मुद्दा दायर भएको लामो समयसम्म पनि अदालतमा उपस्थित नभएपछि पक्राउ गरिएको सिआइबीका एक अधिकारीले बताएका छन्‌ । यसैबीच सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा पूर्व–सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया सदस्य रहेका छन्‌ । बैठकले समितिलाई अबको सात दिनभित्र घटनासम्बन्धी छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको छ । त्यसैगरी नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र संवाद, सहमति र सम्पूर्ण एकता कायम गर्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन्‌ । उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रवर्तक बीपी कोइरालाको राजनीतिक दर्शन वर्तमान परिस्थितिमा अझ सान्दर्भिक रहेको उल्लेख गर्दै कांग्रेसले बीपीको मार्गदर्शनलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन्‌ । बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै खड्काले बीपीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कांग्रेसभित्रको आन्तरिक मतभेद संवादबाट समाधान गर्नुपर्ने धारणा राखेका छन्‌ । उनले पार्टीको एकता केवल व्यक्तिहरूलाई जोडेर सम्भव नहुने, विचार र सहमतिमा आधारित हुनुपर्ने बताएका छन्‌ । खड्काले २०३३ सालको भन्दा अहिले नेपालको राष्ट्रियता झनै जटिल अवस्थामा पुगेको दाबी गर्दै देशको अस्तित्वसमेत चुनौतीपूर्ण मोडमा रहेको टिप्पणी गरेका छन्‌ । यस्तो अवस्थामा कांग्रेसभित्रको बलियो एकताले मात्रै राष्ट्रिय राजनीतिक नेतृत्व गर्न सक्ने उनको भनाइ थियो । खड्काले बीपी कोइरालाले आफ्नो सम्पूर्ण राजनीतिक जीवनभर संवाद, सहमति र राष्ट्रिय मेलमिलापको मार्ग अपनाएको स्मरण गरेका छन्‌ । पार्टीभित्र, राजनीतिक दलहरूबीच र राष्ट्रवादी शक्तिहरूबीच सहकार्य आवश्यक रहेको सन्देश बीपीले जीवनको अन्तिम समयसम्म दिइरहेको उनले उल्लेख गरेका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड