• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 02:39 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • शिक्षा क्षेत्रको संरचनागत सुधारस“गै गुणस्तरीय शिक्षण सिकाइमा शिक्षा मन्त्रीको जोड

  • ११ श्रावण २०८३, सोमबार १९:४१
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा संरचनागत सुधार र गुणस्तरीय शिक्षण सिकाइ आवश्यक रहेको बताएका छन्‌ । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको निरीक्षण तथा क्याम्पसका प्राध्यापकहरुसँगको छलफलमा उनले समयको मागसँगै क्याम्पसहरुले शिक्षा क्षेत्रको संरचनागत सुधारसँगै गुणस्तरीय शिक्षण सिकाइमा जोड दिएका छन्‌ । पुरानो क्याम्पस भएकाले थुप्रै समस्या हुनु स्वभाविक भएको उल्लेख गर्दै मन्त्री पोखरेलले क्याम्पसले समयअनुसार पठनपाठनमा सुधार ल्याउँदै परीक्षाका क्रममा हुने अमर्यादित गतिबिधि रोक्न निर्देशन समेत दिएका छन्‌ । क्याम्पसको भौतिक संरचनाको सुधारका लागि तत्काल लेखेर पठाउन निर्देशन दिँदै उनले मन्त्रालयबाट हुने सहयोग तत्काल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्‌ । यसैबीच वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मेडिकल अफिसर डा. प्रमोद राममाथि भएको सांघातिक आक्रमणको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेका छन्‌ । प्रदर्शनमा सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मीमाथि बढ्दो हिंसाका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सुरक्षित कार्यस्थल सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्‌ । प्रदर्शनका क्रममा उनीहरूले “बिरामीको पीडा बुझ्छौं, हिंसाको भाषा बुझ्दैनौँ”, “सेवाको पुरस्कार हिंसा होइन, सम्मान हो”, “स्वास्थ्यकर्मीको सम्मान गरौँ”, “सुरक्षित कार्यस्थल सुनिश्चित गरौँ”, तथा “उपचार खोज्ने हात, प्रहार गर्ने हात किन बन्छ ?” लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले स्वास्थ्य संस्थाभित्र हुने भौतिक आक्रमण, तोडफोड र धम्कीका घटनाले स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने बताएका छन्‌ । उनीहरूले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन, अस्पतालको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा स्वास्थ्यकर्मीको सम्मान र सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेका छन्‌ । त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटर राजीव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । भिसा नै कीर्ते गरेको आरोपमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजीव महतोले अध्यागमन सूचना प्रणाली (नेपाली पोर्ट) मा रहेको ट्राभलर सेन्ट्रलाइजेसन सुविधाको दुरुपयोग गरेको पाइएको छ । आयोगले उनले लक्जेम्बर्गको नागरिकको नाममा जारी भएको आवासीय भिसालाई किर्ते गरी आवश्यक प्रक्रिया नपुगेको र आवासीय भिसा प्राप्त गर्न अयोग्य अमेरिकी नागरिकको नाममा एकीकृत गरी भिसा प्रिन्ट गरेको र सोही भिसा अमेरिकी नागरिकको राहदानीमा टाँस भएको देखिएको जनाएको छ । कम्प्युटर अपरेटर महतोले २०८० फागुनमा अमेरिकी नागरिकलाई गैरकानुनी रूपमा आवासीय भिसा उपलब्ध गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड