• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 05:43 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ६५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • का“ग्रेस पार्टीभित्रको आन्तरिक चुनौती र मुलुकको राजनीतिक अस्थिरताबारे छलफल गर्न राष्ट्रिय भेला आयोजना गरिने

  • १६ श्रावण २०८३, शनिबार १९:४२
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पाकिस्तानको ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित सम्पूर्ण नेपाली आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्‌ । फेसबुकमार्फत शोक सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गरेका छन्‌ । उनले हिमालले धेरैलाई शिखरको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने भन्दै निर्मल पुर्जालगायत दिवंगत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको, तर उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणाको स्रोत बनेर जीवित रहने बताएका छन्‌ । प्रधानमन्त्री शाहले पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा भएको उक्त दुःखद घटनाले आफू स्तब्ध भएको उल्लेख गर्दै दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्‌ । साथै, उनले शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्‌ । यसैबीच नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रको आन्तरिक चुनौती र मुलुकको राजनीतिक अस्थिरताबारे छलफल गर्न साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरिने बताएका छन्‌ । पत्रकार सम्मेलनमा उनले ५ सय ५१ सदस्यीय आयोजक समितिमार्फत भेला आयोजना गरिएको जानकारी दिँदै पार्टीलाई वैचारिक र सांगठनिक रूपमा सुदृढ बनाउने उद्देश्य रहेको बताएका छन्‌ । कोइरालाले देशमा लोकतान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता र सामाजिक सद्भावमाथि चुनौती बढिरहेको भन्दै राजनीतिक स्थिरता, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा सबै शक्ति एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन्‌ । उनका अनुसार भेलामा कांग्रेसका वर्तमान तथा पूर्व पदाधिकारी, सांसद, प्रदेश र जिल्ला सभापति, भ्रातृ संस्थाका प्रतिनिधि तथा लोकतान्त्रिक आन्दोलनसँग सम्बद्ध बुद्धिजीवी सहभागी हुनेछन्‌ । पार्टीका अर्का नेता डा. शेखर कोइरालाको सन्दर्भमा सोधिएको प्रश्नमा उनले शेखरको यस अभियानमा पूर्ण समर्थन रहेको र व्यस्तताका कारण उपस्थित हुन नसके पनि ऐक्यबद्धता जनाएको जानकारी दिएका छन्‌ । राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय शक्तिहरूबीचको सहकार्य नै आजको मुख्य आवश्यकता रहेको कोइरालाको भनाइ छ । त्यसैगरी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीका नेता–कार्यकर्तालाई आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई मुख्य लक्ष्य बनाएर संगठन विस्तार र तयारीमा जुट्न निर्देशन दिएका छन्‌ । काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी आगामी निर्वाचनपछि देशको सशक्त राजनीतिक विकल्पका रूपमा स्थापित हुने दाबी गरेका छन्‌ । उनले स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई प्राथमिकतामा राख्दै त्यसपछि संघीय निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने बताएका छन्‌ । वर्तमान सरकार लामो समय टिक्ने अवस्था नरहेको दाबी गर्दै उनले सरकारको पछिल्लो चार महिनाको कार्यसम्पादनले नै त्यसको संकेत दिएको टिप्पणी गरेका छन्‌ । उनले बागमती प्रदेशसहित देशभर पार्टीको संगठन बलियो बनाउने लक्ष्य रहेको उल्लेख गर्दै आगामी निर्वाचनपछि बागमती प्रदेशमा आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन हुने दाबी पनि गरेका छन्‌ । अध्यक्ष घिसिङले अघिल्लो निर्वाचनमा पराजित भए पनि पार्टीले जनविश्वास जित्न सफल भएको जिकिर गर्दै अब संगठन विस्तार, सदस्यता वितरण अभियान र जनसम्पर्कलाई तीव्र बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड