• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 01:01 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • १६४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • अन्तराष्ट्रिय स्तरमा देशको छवि अति कमजोर भएको अभिव्यक्ति

  • १२ फाल्गुन २०८०, शनिबार १८:५०
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले संघीयता कार्यान्वयनमा विशेष ध्यान दिएको बताएका छन् । सिरहाको सिरहा नगरपालिका- १३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका- ६ कठाल जोड्ने झोलुंगे पुलको उद्घाटन गर्दै उनले अब संघीयता सबल रूपमा कार्यान्वयन हुने बताएका छन् । नेपालको भूगोलअनुसार झोलुङ्गे पुलको महत्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले देशका विभिन्न स्थानमा झोलुङ्गे पुलको निर्माणमा प्राथमिकता दिइँदै आएको बताएका छन् । निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पुर्‍याएको बताउँदै उनले दुई जिल्लाको पर्यटन प्रबर्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्रीले कमला नदीमा तटबन्ध निर्माण गर्ने अन्य पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्ने जनाएका छन् । नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ १ हजार ५ सय दशमलव ४४ मिटर लामो पुल हो । त्यसैगरी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देश अति सङ्कटको मोडबाट गुज्रिएको बताएका छन् । नेकपा एमाले रामेछाप स्कुल विभागले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै ज्ञवालीले देशका सबै अवयव अहिले संकटमा परेको बताएका छन् । अन्तराष्ट्रिय स्तरमा समेत देशका छवि अति कमजोर भएको उनको भनाई छ । नेपालको अर्थतन्त्र अहिले अति अप्ठेरोमा रहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । अहिले मुख्य बजार केन्द्रका एक तिहाइ सटर बन्द अवस्थामा रहेको उनले बताएका छन् । सरकार स्वयम्ले तस्करी र भ्रष्टाचारको समानान्तर अर्थतन्त्र चलाएकोले देश ठुलो आर्थिक संकटमा परेको उनले टिप्पणी गरेका छन् । एयरपोर्टबाट नै निर्लज्जतापूर्वक क्विन्टलका क्विन्टल सुन तस्करी भइरहेको उनले बताएका छन् । प्रधानमन्त्री र सरकारका मन्त्रीले नै धार्मिक र सामाजिक सद्भाव भड्काउने प्रयत्न गरी रहेको ज्ञवालीले बताएका छन् । प्रधानमन्त्रीले जातीय राज्य दिने र संस्कृति मन्त्रीले हिन्दु र बौद्धिष्टलाई गाली गरेर कुनै एउटा धर्म विशेषलाई भड्काउने काम गर्नु त्यसको उदाहरण भएको उनले बताएका छन् । सरकारका कामले देशका हरेक क्षेत्रमा निराशा बढ्दै गएको उनले बताएका छन् । नेकपा एमालेबाट निर्वाचनमा भाग लिन अब पार्टीको आधारभूत तालिम लिएकै हुनु पर्ने नीति पार्टीले लिएको उनले जानकारी दिएका छन् । पार्टीका नेता कार्यकर्तालाई राजनीतिक र वैचारिक रूपमा बलियो बनाउन प्रशिक्षण कार्यक्रम सुरु गरिएको उनले बताएका छन् । विश्व परिस्थिति र राजनीतिक परिवर्तन थाहा पाउन निरन्तर अपडेट हुनु पर्ने उनले बताएका छन् । समयमा अपडेट हुन सकिएन भने असान्दर्भिक हुने उनले बताएका छन् । एमाले सत्ताको लागि नभएर समाज परिवर्तन र समृद्धिको लागि जन्मिएको पार्टी भएको ज्ञवालीले दाबी गरेका छन् । एमाले कार्यकर्ता जस्तोसुकै आँधी हुरीमा पनि सतिसाल जस्तै उभिने हुन सक्नु पर्ने उनले बताएका छन् । त्यसको लागि पार्टीलाई वैचारिक रूपमा बलियो बनाउने, भावनात्मक रूपमा पार्टीलाई एक बनाउने, जनतासँगको सम्बन्ध जोड्ने पार्टी बनाउनु पर्ने उनले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड