
काठमाडौं । गुल्मी, धुर्कोट गाउँपालिका–२ पिपलधारा घैयारा बस्ने ३८ वर्षीय निरन थापाको गोठमा बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । भोजपुर, टेम्केमैयुङ गाउँपालिका–४ नागी माछखर्क बस्ने शिरी घिमिरेको गोठमा बिहान आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । पाल्पा, रम्भा गाउँपालिका–३ पिपलडाँडा बस्ने ६० वर्षीय राम प्रसाद अर्यालको गोठमा बिहान आगलागी हुँदा गोठ जलेर आंशिक क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।









