• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 05:07 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • २३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • गृह मन्त्रालय रास्वपाले नै पाउने विश्वास व्यक्त

  • १७ माघ २०७९, मंगलवार १८:०६
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् । इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने उनको भनाइ छ । कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने बारेमा शर्माले विधिवत् छलफलपछि सम्भावित उम्मेदवारको नाम र निर्णय सार्वजनिक हुने बताए । उनले भने, ‘हामीसँग योग्य नेतृत्व धेरै हुनुहुन्छ । अहिले मैले नाम भन्नु उचित हुँदैन । अब हामी बैठक बस्छौँ र सम्भावित उम्मेदवारको बारेमा छलफल गर्छौ ।’ नेपाली कांग्रेस लामो राजनीतिक इतिहास बोकेको पार्टी भएका कारण साना समस्याबाट विचलित नहुने उनको भनाइ थियो । त्यसैगरी नेकपा माओवादी केन्द्रले रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालय आफैंसँग राख्ने निर्णय गरेको छ । माओवादी पदाधिकारीको बैठकले गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालसँगै राख्ने निर्णय गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले गृह मन्त्रालय पुनः पाउनुपर्ने माग गरिरहेका बेला माओवादीले उनलाई तत्काल गृह नदिने भएको हो । माओवादी अध्यक्षसमेत रहेका दाहालले सर्वोच्चको पूर्णपाठ नआउन्जेल गृहमन्त्रालय आफैँले राख्न सुझाव आएको सञ्चार माध्यमलाई जानकारी दिए । यसैगरी सहमतिका आधारमा राष्ट्रपतिको उम्मेदवार तय गरिनुपर्ने पुरानो अडानलाई माओवादी बैठकले कायमै राख्ने निर्णय गरेको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद (डिपी) अर्यालले पहिला आफ्नो पार्टीले नेतृत्व गरेको गृह मन्त्रालय नपाउने भन्ने हामीले सोच्दै नसोचेको धारणा व्यक्त गरेका छन् । गृहमन्त्री पदबाट राजीनामा दिएपछि अहिले गृहमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले नै सम्हालिरहेको प्रसंगमा अर्यालले भने, ‘हामी नकरात्मक सोचमा हेर्दैनौ, हामीले नेतृत्व गरिरहेको गृह मन्त्रालय हामीले नै पाउनेमा ढुक्क छौ ।’ माओवादीका नेताहरुको बैठकमा प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालय आफैले राख्न सुझाव दिएका थिए । पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै प्रधानमन्त्री दाहालले रवि लामिछानेको मुद्धाको विषयमा अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयको बारेमा कुनै निर्णय नगर्ने बताएका थिए । माओवादीको पदाधिकारी बैठकमा गृह मन्त्रालय बारेमा छलफल नभएको राष्ट्रिय स्वतन्त्रपार्टीका उपसभापति डोल प्रसाद (डिपी) अर्यालले दाबी गरेका छन् । पार्टी सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी ठहरीए पछि लामिछानले नेतृत्व गरिरहेको गृहमन्त्रालयबाट राजिनामा दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड