• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 01:01 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ४९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • पर्याप्त जानकारीबिना सरकारका बारेमा टिकाटिप्पणी गर्न नहुनेमा जोड

  • २५ असार २०८२, बुधबार १९:३९
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले अनुमान र कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह गरेका छन्‌ । बैठकमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै उनले पर्याप्त जानकारीबिना सरकारका बारेमा टीकाटिप्पणी गर्न नहुनेमा जोड दिएका छन्‌ । उनले कुनै पनि विषयमा संसद् वा संसद् बाहिर प्रश्न उठाउँदै गर्दा त्यसबारे पर्याप्त जानकारी लिएर मात्रै उठान गर्न आग्रह गरेका छन्‌ । मन्त्री लेखकले सरकारले पूर्वसांसद, पूर्वमन्त्री र सुरक्षा पाउनुपर्ने/नपाउनुपर्ने सबैलाई सुरक्षा दिएर सुरक्षाको दुरुपयोग भएको भन्ने प्रचारमा कुनै सत्यता नभएको प्रष्ट पारेका छन्‌ । यसैबीच राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल–चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल निर्माण गरी आवागमन सूचारु गर्न चीनसँग समन्वय गर्ने बताएको छ । सिंहदरबारमा आयोजित पत्रकार भेटघाटमा प्राधिकरणका कार्यकारी निर्देशक दिनेश प्रसाद भट्टले पुल र चीनतर्फको बाटो पुनः निर्माण गरी केरुङ नाका सुचारु गर्न चीनसँग समन्वय गर्ने निर्णय भएको बताएका छन्‌ । उनले बाढीका कारण बेपत्ता स्वदेशी र विदेशी व्यक्तिको सकुशल खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाइएको जानकारी दिएका छन्‌ । भट्टले रसुवागढी क्षेत्रमा मात्रै ३८३ सुरक्षाकर्मी परिचालन गरी ५७ जनाको तत्कालै उद्धार गरिएको जिकिर गरेका छन्‌ । बाढीले २४ वटा कन्टेनर, ३५ वटा विद्युतीय गाडी, ६ वटा ट्रक बगाएको उनले जानकारी दिएका छन्‌ । त्यसैगरी उच्च अदालत पाटनले पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौं टावरको काम नरोक्न काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ । जलेश्वर स्वच्छन्द विकोई बिल्डर्स प्रालिले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाई दायर गरेको रिटमा न्यायाधीश प्रकाश खरेलको इजलासले उक्त आदेश दिएको हो । बिल्डर्स र महानगरबिच काठमाडौं टावर परियोजना सम्बन्धमा सम्झौता भई भूमिगत दुई तल्लासहित १२ तले व्यावसायिक भवन निर्माणको लागि भएको नक्सापासलाई उच्च अदालतले आधार मानेको छ । वि.सं. २०८० माघ २८ मा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३३ अनुसार महानगरपालिकाले निवेदकलाई तला थप गर्ने अनुमति प्रदान गरी भूमिगत २ तलासहित १९ तले भवन निर्माणको अनुमति दिएको र निवेदकले नक्सा स्वीकृत दस्तुर दुई करोड ३० लाख दुई हजार रुपैयाँसमेत दाखिल गरेको उच्च अदालतले औँल्याएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड