• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 02:04 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • स्वतन्त्र, सन्तुलित र राष्ट्रिय हितमुखी परराष्ट्र नीति अवलम्बन गर्ने सरकारको प्रतिबद्धता

  • ९ असार २०८३, मंगलवार २०:१४
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय सार्वभौमिकता, आर्थिक समृद्धि, नागरिक हित र अन्तर्राष्ट्रिय सम्मानलाई केन्द्रमा राख्दै स्वतन्त्र, सन्तुलित र राष्ट्रिय हितमुखी परराष्ट्र नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ । पार्टीले भारत र चीनसँग सन्तुलित, स्थिर र व्यावहारिक सम्बन्ध कायम राख्दै सीमा विवादलगायतका विषय तथ्य, प्रमाण र संस्थागत संवादमार्फत समाधान गर्ने नीति अघि सारेको छ । सभापति रवि लामिछानेले परराष्ट्र नीतिसम्बन्धी अवधारणापत्र सार्वजनिक गर्दै नेपालको संविधानले परिभाषित गरेका राष्ट्रिय हित, स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान, सीमाको सुरक्षा तथा नागरिकको हकहितलाई परराष्ट्र नीतिको आधार बनाइने जनाएका हुन्‌ । पार्टीले संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्त, असंलग्न आन्दोलनको भावना, अन्तर्राष्ट्रिय कानुन तथा विश्वशान्तिका मान्यताप्रति प्रतिबद्ध रहने उल्लेख गरेको छ । साथै, बदलिँदो विश्व व्यवस्थाअनुसार परराष्ट्र नीतिलाई केवल कूटनीतिक सम्बन्ध व्यवस्थापनमा सीमित नराखी राष्ट्रिय विकास, आर्थिक रूपान्तरण, लगानी आकर्षण, व्यापार विस्तार, प्रविधि हस्तान्तरण र अन्तर्राष्ट्रिय साझेदारीको माध्यमका रूपमा उपयोग गरिने जनाएको छ । यसैबीच नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतका राजनीतिक निर्णय, सत्ता केन्द्रित प्रवृत्ति र अस्थिर गठबन्धनका कारण पार्टीप्रति जनतामा असन्तुष्टि बढेको स्वीकार्दै अब कांग्रेस जनमुखी राजनीतिमा फर्कनुपर्ने बताएका छन्‌ । झापाको विर्तामोडमा आयोजित कांग्रेसको जिल्लास्तरीय कार्यकर्ता भेटघाटमा उनले अब सरकार बनाउने अङ्क गणितभन्दा जनताको मन जित्ने राजनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्‌ । सभापति थापाले स्पष्ट राजनीतिक आधारविना अन्य दलसँग गठबन्धन गर्ने, पुनः त्यही गठबन्धन तोड्ने प्रवृत्ति, सीमित नेताहरूको प्रधानमन्त्री बन्ने आकांक्षा तथा सत्ता भागबण्डाको राजनीतिले कांग्रेसको छवि कमजोर बनाएको बताएका छन्‌ । त्यसको परिणाम स्वरूप निर्वाचनमा पराजित उम्मेदवारप्रति मात्र नभई कांग्रेसप्रति नै जनताले असन्तुष्टि व्यक्त गरेको उनको भनाइ थियो । अहिलेको सबैभन्दा ठूलो चुनौती जनताको गुमेको भरोसा पुनः स्थापित गर्नु रहेको उल्लेख गर्दै सभापति थापाले देशका समस्या बुझेर समाधान गर्न सक्ने क्षमता अझै पनि कांग्रेससँग रहेको दाबी गरेका छन्‌ । त्यसैगरी नेकपा एमाले संसदीय दलको बैठकले उपाध्यक्ष विष्णु पौडेलको पक्राउ कानुनी राज्यको खिलाफमा भएको निष्कर्ष निकाल्दै संसदमा संघर्ष गर्ने निर्णय गरेको छ । संसदीय दलको बैठकले सरकारको तानाशाही र अधिनायकवादी चरित्रविरुद्ध संसदमा संघर्ष गर्ने निर्णय गरेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिएका छन्‌ । सरकार तानाशाही, अधिनायकवादी बाटोमा हिँडेकाले बैठकले सदनमा दृढतापूर्वक कानुनी शासन र लोकतन्त्रको आधारभूत मूल्य मान्यताका पक्षमा दृढतापूर्वक उभिएर सदनमा संघर्ष गर्ने निर्णय गरेको बताएका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड