
काठमाडौं । रुपन्देही, रोहिणी गाउँपालिका –४ सुईलिहवास्थित गोयल मेटल ईन्डष्ट्रिज प्रालिको हलमा विद्युत सर्ट भई बिहान आगलागी हुँदा हलभित्र रहेको फाईबर, पंखा, मिटर, लगायत अन्य मेसिनरी पार्टहरु जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका–४ मदनपुरस्थित एम.बि. ईट्टा भट्टाभित्र रहेको जेनेरेटरमा बिहान आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।









