• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 02:10 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • २१२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नालायक सरकारले देशको अर्थतन्त्र ध्वस्त पारेको आरोप

  • १९ माघ २०७९, बिहीबार १९:०१
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । सभामुख देवराज घिमिरेले छोटो समयमा नै संसदीय गतिविधिबाट नागरिका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भुमिका खेल्न सांसदहरुलाई आग्रह गरेका छन् । संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नागरिकका समस्यहरुको चाङ बढ्दै गइरहेकाले नागरिकका समस्याहरुलाई समाधान गर्न संसदमा आफ्नो भुमिकालाई बलियो बनाउनुपर्ने बताए । सभामुख घिमिरेले विगतमा कतिपय सांसदहरुको आचार, व्यवहारहरु जनमुखी हुन नसकेको भन्दै संसदमा आइसकेपछि जनतासँग गरेका प्रतिवद्धताहरु पूरा गर्ने हिसावबाट अघि बढ्न सुझाव दिए । उनले विगतमा संसदमा भएका राम्रा कुराबाट शिक्षा लिँदै सांसदहरुले आफ्नो संसदीय भुमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले नागरिकले संसदका गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट सांसदहरुको काम खोजिरहेको बताए । सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकार र प्रमुख प्रतिपक्षको हुने बताए ।    त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता गठबन्धन कायमै रहने विश्वास व्यक्त गरेका छन् । स्थायी कमिटी बैठकमा सहभागी हुन पेरिसडाँडा पुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई रास्वपाले समर्थन फिर्ता लिन लागेको हो भनेर सोधेका थिए । सरकारमा बस्ने या नबस्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति र संसदीय दलको बैठक चलिरहदाँ प्रधानमन्त्री प्रचण्डको यस्तो प्रतिक्रिया आएको हो ।  त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो डेढ वर्ष शासन गरेको नालायक सरकारले देशको अर्थतन्त्र ध्वस्त पारेको आरोप लगाएका छन् । विराटनगरमा सुरू भएको सीएनआई कोसी एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले कांग्रेस नेतृत्वको सरकारलाई लक्षित गरी डेढ वर्ष नालायक सरकारले शासन गर्दा देशको अर्थतन्त्र नै ध्वस्त भएको आरोप लगाएका हुन् । ओलीले नयाँ सरकार गठन भएसँगै अर्थतन्त्रमा सुधार आउने क्रम सुरू भइसकेको दाबी गरे । परमादेशबाट आएको ग्रहणले डेढ वर्ष सूर्यलाई छोप्यो भन्दैमा आत्महत्या गर्न नहुने भन्दै ओलीले आत्महत्याको धेरै चर्चा पनि नगर्न आग्रह गरे । ओलीले समस्या आयो भन्दैमा आत्महत्याबारे नसोच्न, बाँचुन्जेल हिम्मत नहार्न र संघर्ष गरेर अघि बढ्न उद्योगी व्यवसायीलाई आग्रह गरे । ओलीले उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकार तत्पर रहेकाले आफ्ना समस्या लिएर काठमाण्डौं आउन विराटनगरका उद्योगी व्यवसायीलाई आग्रह गरे । उनले उद्योगी व्यवसायीका समस्या सरकारले समाधान गर्ने दाबी पनि गरे । सरकारले आर्थिक अवस्था फर्काउने प्रयास गरिरहेकाले कुराको जुहारी गर्ने वेला नभएको उनले बताए । उनले उद्योगी व्यवसायीहरूलाई सङ्गठनात्मक प्रतिस्पर्धा नगर्न काममा प्रतिस्पर्धा गर्न आग्रह गरे । ऋणले ऋण थप्ने भन्दै ओलीले राज्य सञ्चालनका लागि पनि ऋण लिनु पर्ने अवस्थामा देश पुगिसकेको भए पनि सरकारले अर्थतन्त्रलाई चाँडै लयमा ल्याउने प्रयत्न थालिसकेको ओलीले बताए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड