• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 04:09 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  अर्थ खबर
  • ७२८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • हस्तकलाका सामग्रीको माग बढ्दो

  • २८ माघ २०७९, शनिबार १८:१२
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । अलैंचीको बोटको सराबाट बनेका हस्तकलाका सामग्रीको माग बढ्दै गएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–२ की माया गुरुङले अलैंची टिपिसकेपछि खेर जाने बोटलाई विभिन्न किसिमका हस्तनिर्मित सामग्री उत्पादन गर्दै आएकी छिन् । २०६८ सालदेखि खेर गएका अलैंचीका बोटबाट हरेक किसिमका हस्तकला निर्मित विभिन्न सामान उत्पादन सुरु गरेको गुरुङले बताइन् । आफ्नै सिप लगाएर अलैंचीको बोटको सराबाट बनेको पिर्कादेखि सुरु गरेर अहिले ५० किसिमका विभिन्न आकर्षित सामग्री उत्पादन गर्न सफल भएको गुरुङले बताइन् । ‘अलैंचीको बोट, घाँस, पराल केही हुँदैन, न त अलैंचीको बोटलाई कुहाएर मल नै बनाउन सकिन्छ,’ उनले भनिन्, ‘अलैंचीको सराबाट पनि केही हुन्छ भन्ने आसले सुरुमा १ लाख ५० हजारबाट सुरु गरेकी थिएँ । तर,अहिले २५ लाख रूपैयाँसम्मको बिक्री वितरण भइरहेको छ । विभिन्न संस्थाबाट अनुदानमा हस्तनिर्मित उत्पादित सामग्रीका लागि विभिन्न किसिमका चाहिने मेसिन, तान जस्ता सामान प्राप्त भएको छ ।’ अलैंचीको सराबाट बनेका हस्तनिर्मित सामग्रीलाई मानिससमक्ष २÷४ वर्ष चिनापरिचित गर्न मुस्किल भएको पनि उनले बताइन् । केही समयपछि अलैंचीको सराबाट बनेका सामग्री परिचित हुँदै गएपछि धेरै माग बढ्न थालेको उनको कथन छ । ‘हस्तनिर्मित सामग्रीको बिक्रीबाट सन्तोषजनक आम्दानी भएपछि अहिले उनले २० जना महिलालाई पनि अलैंचीको सराबाट हस्तकलाका सामग्री बनाउन रोजगार दिएकी छिन् । उनले अलैंचीका खेर जाने बोट किसानका लागि आम्दानीको स्रोत बन्नसक्ने बताइन् । अलैंचीको सराबाट कुशन, चप्पल, बास्केट, ब्याग, चकटी, झल्ला, थरी थरीका डाला, कप, पर्सजस्ता सामग्री बन्छन् । त्यस्ता सामग्री निकै टिकाउ, बलिया र जति पुरानो हुँदै गयो त्यति चम्किँदै जाने उनको अनुभव छ । गुरुङले इलाममा यस्ता सामान बनाउने प्रशिक्षणसमेत दिने गरेको बताइन् । तालिमबाट प्राप्त सीपलाई व्यवहारमा परिणत गरी विगतमा प्रयोगविहीन रहेका अलैंचीका बोटका सरा आयआर्जनको माध्यम बनाउन उनको सुझाव छ । स्थानीय सरकार लगायत विभिन्न क्षेत्रबाट यसको सुनुवाइ भएमा वा बृहत् मात्रामा यसको प्रचारप्रसार हुँदै गए थप उत्पादनका कार्यक्रम अघि बढाइने उनले बताइन् । अलैंचीको बोटबाट निर्मित हस्तकलाका सामग्रीको व्यवसाय विस्तार गर्दै आत्मनिर्भर बन्ने गुरुङका कर्मचारी तथा सहभागी महिलाले विश्वास व्यक्त गरे । यस प्रकारको तालिम अन्य जिल्लामा पनि सञ्चालन गर्न सहभागी महिलाको सुझाव रहेको छ । देशका विभिन्न मेला–प्रदर्शनीमा अलैंचीको सराबाट निर्मित हस्तकलाका सामग्री प्रदर्शन र बिक्री गर्ने गरेपछि यसतर्फ सरोकारवाला निकायले पनि चासो दिएको गुरुङले बताइन् । फोहोरलाई मोहोरमा बदल्नसक्ने विश्वासका साथ तालिममा सहभागी हुन घन्टौं पैदल यात्रा गरेर धेरै संघर्ष गर्नु परेको उनको भोगाइ बताइन् । केही पहिले बहुमूल्य कृषि उपज अलैंचीको मूल्यमा लगातार गिरावट आउँदा निराश बनेका किसान तथा व्यवसायीलाई यो सीपले विकल्प दिनसक्ने उनको जानकारी छ । नेपालमा उत्पादित हस्तकलाका सामग्रीको विश्वबजारमा आकर्षण बढिरहेको उनी बताउँछिन् । वास्तुशास्त्र अनुसार पनि अलैंचीको सराबाट बनेका सामग्री घरभित्र प्रयोगमा ल्याउँदा राम्रो हुने गरेको उनले बताइन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अर्थ खबर सम्बन्धि थप

    ग्लोबल आइएमई बैंकको शाखा बैतडीको पाटनमा

    बंगुरपालन व्यवसायलाई बजार अभाव

    करोडौंको सुन्तला निकासी

    कृषि यान्त्रिकरण उपकरण वितरण

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड