
काठमाडौं । धनुषा, जनकपुर उपमहानगरपालिका–२३ बेला बस्ने रामेश्वर साहको घरमा सोही नगरपालिका–२२ बसविट्टि बस्ने संजय शर्माले संचालन गरेको काठको फर्निचर पसलमा बिहान आगलागी हुँदा फर्निचर, मेसिन र घर समेत गरी करिब ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । पाँचथर, फाल्गुनन्द गाउँपालिका–४ चाप्लुङ बस्ने हर्क बहादुर चेम्जुङको घरमा विद्युत सर्ट भई दिउँसो आगलागी हुँदा घर, अन्नपात, भाँडावर्तन, लत्ताकपडा, सुनचाँदी र नगद समेत गरी करिब १२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । रौतहट, राजपुर नगरपालिका–९ बैरिया बस्ने रुपनरायण साह कानुको घरमा दिउँसो आगलागी हुँदा उक्त आगो फैलिएर कानू समेत अन्य ३ जना छिमेकीको घरमा आगलागी हुँदा करिब १७ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले दमकल तथा स्थानिय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । यसैबीच गुल्मी, रेसुङ्गा नगरपालिका–७ बस्ने ६३ वर्षीय छविलाल सुनार मुसिकोट नगपालिका–५ झक्कलेस्थित आँपको रुख मुनि मृत अवस्थामा फेला परेका छन् । संखुवासभा, चैनपुर नगरपालिका–३ दाहाल डाँडा बस्ने ६५ वर्षीया नर माया बिक आफ्नै घर नजिकै बाटोमा मृत अवस्थामा फेला परेकी छिन् । पर्वत, कुश्मा नगरपालिका–८ दोविल्ला खोरियास्थित मोदी खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।









