
काठमाडौं । ‘सम्मानीत सर्वोच्च अदालतको फैसला कार्यान्यन गर, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा गर’ भन्ने मूल नाराका साथ ‘उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देश राष्ट्रिय साप्ताहिक, दिशानिर्देश प्रेस क्लबको २०औं वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका नेता तथा पूर्व शिक्षा मन्त्री अर्जुननरसिहं केसीले कानूनको विधि सबैले पालना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सम्मानीत सर्वोच्च अदालतको तिनवटै फैसला कार्यान्वयन गराउन संसदमा समेत आवाज उठाउने धारणा व्यक्त गर्नुभयो । उहाँले लोकतन्त्रमा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने काम कसैले गर्न नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले नेपालमा संविधान जारी भएपछि प्रेस स्वतन्त्रतामाथि अंकुस लगाउने गतिविधि जुनसुकै क्षेत्रबाट बन्द हुनु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले विधिको शासन नमान्नेलाई कानूनी प्रक्रियाबाट निषेध गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले लोकतन्त्रमा बोल्ने र लेख्ने अधिकार कुनै पनि अंगले ढाकछोप गर्न नमिल्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सम्मानीत सर्वोच्च अदालतको फैसला कार्यान्वयन गराउन नेपाली काँग्रेस पार्टीको तर्फबाट आपूm पूर्णरुपमा सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नयाँ वर्ष २०८०को सम्पूर्ण नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना दिदै उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देश राष्ट्रिय साप्ताहिक र दिशानिर्देश प्रेस क्लबको २०औ वार्षिकोत्सवको सफलताको कामना गर्नुभयो । त्यसैगरी नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व कानून मन्त्री देव गुरुङले सम्मानीत सर्वोच्च अदालतको फैसला कानून सम्मत कार्यान्वयन हुनु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सम्मानीत सर्वोच्च अदालतको फैसलालाई अवज्ञा गर्नु नहुने भन्ने धारणा व्यक्त गर्नुभयो । उहाँले प्रेस काउन्सिल नेपाल सम्बन्धी कानून परिमार्जन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सम्मानीत सर्वोच्च अदालतको फैसला कार्यान्वयन गराउन नेकपा माओवादी केन्द्रको तर्फबाट आफूले पूर्ण रुपमा सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले कानून सबैको लागि समान हुनु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नयाँ वर्ष २०८०को शुभकामना दिंदै उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देश राष्ट्रिय साप्ताहिक र दिशानिर्देश प्रेस क्लबको २०औं वार्षिकोत्सवको सफलताको कामना व्यक्त गर्नुभयो । उहाँले सम्मानीत सर्वोच्च अदालतको फैसला कार्यान्वयनको विषयमा संसदमा समेत आवाज उठाउने धारणा व्यक्त गर्नुभयो । त्यसैगरी नेकपा एमालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले प्रेस काउन्सिल नेपालले सम्मानीत सर्वोच्च अदालतको तीन वटै फैसला तत्काल कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले २०७९ वैशाख ७ गते भएको फैसला अहिलेसम्म कार्यान्वयन नहुनुमा सम्बन्धीत निकाय दोषि देखिएको धारणा व्यक्त गर्नुभयो । त्यसैगरी उहाँले नयाँ वर्ष २०८०को शुभकामनाको साथसाथै यस पत्रिकाको २०औं वार्षिकोत्सवको सफलताको कामना गर्नुभयो । उहाँले सम्मानीत सर्वोच्च अदालतको फैसला जुनसुकै निकायले कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले मुलुकमा दण्डहीनताका कारण सर्वोच्च अदालतको फैसला कार्यान्वयन हुन नसकेको धारणा व्यक्त गर्नुभयो । उहाँले ७ वर्षमा आएको फैसलालाई कार्यान्वयन गराउनका लागि नेकपा माले पार्टी तपाईहरुको साथमा रहेको धारणा व्यक्त गर्नु भयो । त्यसैगरी जनता समाजवादी पार्टीका नेता तथा पूर्व कृषि तथा सहकारी मन्त्री हरिनारायण यादवले सम्मानीत सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गराउनका लागि हाम्रो पार्टीको तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले संविधानमा त्रुटि भएकै कारण विगत केही वर्ष अगाडि मधेश आन्दोलन गरेको धारणा व्यक्त गर्नुभयो । उहाँले जुनसुकै निकाय भएपनि सम्मानीत सर्वोच्च अदालतको फैसलालाई समयमै कार्यान्वयन नगराए संसदमा समेत आवाज उठाउने धारणा व्यक्त गर्नुभयो । उहाँले प्रेस स्वतन्त्रताका लागि जनता समाजवादी पार्टी जहिल्यै प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सम्मानीत सर्वोच्च अदालतको फैसला चाँडो भन्दा चाँडो कार्यान्वयन गराउनमा हामी सबै पार्टी लागि पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले प्रेस काउन्सिल नेपालले तत्काल सम्मानीत सर्वोच्च अदालतको तीनवटै फैसला तत्काल कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नयाँ वर्ष २०८०को शुभकामनाका साथसाथै यस पत्रिका र क्लबको २०औं वार्षिकोत्सवको सफलताको कामना गर्नुभयो । त्यसैगरी वरिष्ठ अधिवक्ता महादेव यादवले सम्मानीत सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले प्रेस स्वतन्त्रताका लागि हामी सम्पूर्ण अधिवक्ताहरु एकजुट भएर न्यायका लागि अग्रसर हुँदै आएको धारणा व्यक्त गर्नुभयो । उहाँले संसारको कुनै पनि देशमा प्रेस स्वतन्त्रता विना लोकतन्त्रको परिकल्पना हुन नसक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले प्रेस काउन्सिल नेपालले सम्मानीत सर्वोच्च अदालतको तीनवटै फैसला चाँडो भन्दा चाँडो कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले सम्मानीत सर्वोच्च अदालतजस्तो निकायको कानून नमान्नेलाई कानून प्रक्रियाबाट टुंग्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नयाँ वर्ष २०८०को शुभकामनाको साथसाथै यस पत्रिका र क्लबको २०औं वार्षिकोत्सवको सफलताको कामना व्यक्त गर्नुभयो । त्यसैगरी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सम्मानीत सर्वोच्च अदालतको तिनवटै फैसला कार्यान्वयन गराउनका लागि कानूनी प्रक्रियाबाट अगाडि जानुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सम्मानीत सर्वोच्च अदालतको फैसला अवज्ञा गर्ने जुनसुकै निकायलाई चुनौति दिने धारणा व्यक्त गर्नुभयो । उहाँले प्रेस स्वतन्त्रताविना कुनै लोकतन्त्र र गणतन्त्रको परिकल्पना गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले संसारको कुनै पनि देशको सम्मानीत सर्वोच्च अदालतको फैसला अवज्ञा गर्नेलाई कानूनी कठघरामा उभियाएर ठेगान लगाएको उदाहरणहरु प्रशस्त रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले सम्मानीत सर्वोच्च अदालतको तीनवटै फैसला तत्काल चाँडो भन्दा चाँडो कार्यान्वयन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नयाँ वर्ष २०८०को शुभकामना दिदै यस पत्रिका र क्लबको २० औं वार्षिकोत्सवको सफलताको कामना गर्नुभयो । त्यसैगरी नेपाल प्रहरीका एआईजीपी सुदिप गिरिले सम्मानीत सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्नका लागि सबै निकायलाई अनुरोध गर्नुभयो । उहाँले नयाँ वर्ष २०८०को शुभकामनाका साथै यस पत्रिका र क्लबको २०औं वार्षिकोत्सवको सफलताको कामना गर्नुभयो । त्यसैगरी नेपाली काँग्रेसका नेता तथा पूर्व शिक्षा मन्त्री अर्जुननरसिंह केसी र वरिष्ठ गुरु लालमणि खनाललाई दिशानिर्देश प्रेस क्लबका अध्यक्ष जयप्रकाश गुप्ताले दोसल्ला ओढाएर फूलको गुच्छासहित सम्मान गर्नुभयो । त्यसैगरी दिशानिर्देश प्रेस क्लबका अध्यक्ष तथा उपत्यका राष्ट्रिय दैनिक र दिशानिर्देश राष्ट्रिय साप्ताहिकका सम्पादक÷प्रकाशक जयप्रकाश गुप्ताले सम्मानीत सर्वोच्च अदालतको तीनवटै फैसला तत्काल कार्यान्वयन गर्नका लागि सम्बन्धीत निकायलाई अनुरोध गर्नुभयो । उहाँले सम्मानीत सर्वोच्च अदालतको फैसला आएको एक वर्ष बितिसक्दा पनि कानूनी प्रक्रिया नमानेका कारण सम्मानीत सर्वोच्च अदालतको फैसला कार्यान्वयन हुन नसकेको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रेस काउन्सिल नेपालले फैसला कार्यान्वयन नगर्ने नियतले केही समयदेखि फेरि पत्र काटेर दुःख दिने काम गर्दै आएकाले तत्काल पत्र काट्ने काम बन्द गर्न आग्रह गर्नुभयो । उहाँले सम्मानीत सर्वोच्च अदालतको फैसला कार्यान्वयन गराउन कानूनी प्रक्रियामा अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नयाँ वर्ष २०८० को शुभकामना दिंदै सम्पूर्ण नेपालीहरुको आर्थिक उन्नती र प्रगतिको कामना गर्नुभयो । उक्त कार्यक्रम दिशानिर्देश प्रेस क्लबका अध्यक्ष तथा उपत्यका राष्ट्रिय दैनिक र दिशानिर्देश राष्ट्रिय साप्ताहिकका सम्पादक÷प्रकाशक जयप्रकाश गुप्ता ‘मायालु’को सभापतित्वमा सम्पन्न भएको थियो ।









