
काठमाडौं । रामनगर गाउँपालिका–६ सिसौट बस्ने बाला लखिन्द्र बैठाको घरमा बिहान आगलागी हुँदा उक्त आगो फैलिएर छिमेकी फेकन बैठा र राम ईश्वर बैठाको घरमा समेत आगलागी हुँदा तीनै जनाको गरी करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यसैबीच कास्की, पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कमा स्याङ्जा टक्सार घर बताउने ६० वर्षीय दिल बहादुर गुरुङ मृत अवस्थामा फेला परेका छन् । गुल्मी, ईस्मा गाउँपालिका–२ सामाचौर बस्ने ३७ वर्षीया माया खत्री सोही ठाउँस्थित छल्दी खोलाबाट भलायटारी जाने कुलोमा मृत अवस्थामा फेला परेकी छिन् ।









