• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 06:14 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ४६० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे देउवा र प्रचण्डबीच कुराकानी

  • २८ बैशाख २०८०, बिहीबार १९:२८
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीति तातिरहेका बेला पार्टीका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा बालुवाटार पुगेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल नभएको र सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण बुधबार बिहान पक्राउ परेका थिए । एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । यी घटनाक्रमका बीच कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । त्यसैगरी उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन समृद्धि, समृद्धिका लागि सुशासन र सुशासनका लागि भ्रष्टाचारको निर्मम नियन्त्रण वर्तमान सरकारको मूल प्राथमिकता भएको बताउनुभएको छ । राज्यविरुद्धको अपराध भन्न मिल्ने नक्कली शरणार्थी भ्रष्टाचार प्रकरणका नाइकेहरूको पहिचान र गिरफ्तारीमा उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठले सफलता हासिल गर्नुभएको भन्दै आभार व्यक्त गर्न मन्त्रालय आउनुभएका काँग्रेस नेताहरूसँगको संक्षिप्त कुराकानीमा उहाँको उक्त कुरा बताउनुभएको हो । गृहमन्त्रीसँगको भेटमा काँग्रेस नेताहरूले भ्रष्टाचारविरुद्धको यस कदमको उच्च प्रशंसा गर्नुभएको छ । सम्पूर्ण जरोकिलो खोतलेर यसलाई तार्किक निष्कर्षमा पु¥याउन समेत नेताहरूले अनुरोध गर्नुभएको छ । गुरुराज घिमिरे, मधु आचार्य, रञ्जित कर्ण, भुपेन्द्रजङ्ग शाही, नरेश यादव, डा. गोविन्द पोखरेल सहितका २० भन्दा बढी काँग्रेस नेताहरूले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई र आभार व्यक्त गर्नुभएको थियो । यो ऐतिहासिक कदमले लोकतन्त्र स्थापनापछिको गतिहीनतालाई क्रमभङ्ग गर्दै, जनतामा आशा सिर्जना गरेको ठम्याइ समेत उहाँहरूको छ । त्यसैगरी राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राज्यले कृषि क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाएका छन् । दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले कृषि क्षेत्रमा लगानी बिस्तार गरेर उत्पादन वृद्धि नगरेसम्म नेपाल गरिब देशमै रहने बताए । उनले नेपालको लागि कृषि सदाकालको अर्थतन्त्र भएको बताए । स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिनुपर्ने उनको भनाइ छ । उनले स्थानीय सरकारलाई कृषिको जिम्मा दिइरहँदा कृषि फर्ममा आधारित हुनुपर्ने बताए । उनले स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिइ फर्ममा आधारित कृषि प्रणाली लागू गर्ने हो भने नेपाल एक वर्षमै कृषिमा आत्मनिर्भर बन्ने दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड