• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 02:07 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • २२६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • भारत भ्रमणमा सीमा विवाद समाधान, पारवहन विषयमा कुराकानी भएको जानकारी

  • २२ जेष्ठ २०८०, सोमबार १९:३७
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा हिन्दुराष्ट्र र राजसंस्थाबारे छलफल नभएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदको जिज्ञासालाई सम्बोधन गर्दै उनले आफ्नो भारत भ्रमणमा नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापनाबारे छलफल नभएको बताएका हुन् । दुई देशबीचको आपसी सम्बन्ध र चासोको विषयमा मात्र छलफल भएको भन्दै उनले सीमा विवाद समाधानदेखि पारवहनका विषयमा कुराकानी भएको जानकारी दिएका छन् । त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक जसरी पनि संसदमा ल्याएर छलफल गराउनुपर्ने माग गरेका छन् । उनले प्रधानमन्त्री दाहालको स्पष्टिकरणपछि यस्तो माग गरेका हुन् । सरकारले विधेयक ल्याउने कुरामा बलजफ्ती गरेको उनले आरोप लगाए । अध्यक्ष ओलीले प्रतिपक्षले ‘हामी यो विधेयकमा छलफल गर्छौ भन्दा भन्दै किन संसदमा नल्याएको’ भन्दै प्रश्न राखेका थिए । ‘हामी प्रतिपक्षले भनिरहेका छौं । लोकतान्त्रिक प्रणाली र मूल्य मान्यता अनुसार अगाडी जाउँ भनिरहेका छौं । सहयोग गर्छौ छलफल गर्छौ, छलफलमा भाग लिन्छौ भन्दा कस्तो सत्तापक्ष ? यो तरिकामा त्यति नजाउ भन्ने मेरो आग्रह छ । यो अहिले कोर्टमा छ यसमा म धेरै जान चाहन्न । के कसो यस्तो उस्तो भनिरहन चाहन्छ । तबसम्मलाई हाम्रा बिषयहरु यो बिषय स्थगित छ ।’ अध्यक्ष ओलीले तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले बुँदासहित फिर्ता पठाएको विधेयकमा कुनैपनि छलफल नगरी त्यत्तिकै राष्ट्रपति कार्यालयमा फिर्ता पठाइएको भन्दै आक्रोश व्यक्त गरे । त्यसैगरी प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले दुई दुईपटक संघीय संसदका दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभा बैठकमा संवैधानिक व्यवस्था उद्धृत गर्दैै उनले दुई दुईपटक सदनले पारित गरेर प्रमाणीकरण गर्नुपर्ने बाध्यकारी संवैधानिक बाध्यता हुँदा पनि प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिमाथि कस्तो कारबाही हुन्छ भनेर प्रश्न गरे । राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सुझावसहित फिर्ता पठाएकी थिइन् । यसपछि फेरि उक्त विधेयकमाथि छलफल गर्दै दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी होल्ड गरेर राखेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड