
काठमाडौं । वैजनाथ गाउँपालिका-८ हसनापुर बस्ने ४५ वर्षीय हेमन्त बुढाको करेन्ट लागेर साँझ मृत्यु भएको छ । आफ्नै घर नजिकै रहेको विद्युतीय मोटर जोडेको धारामा नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यसैबीच कनकासुन्दरी गाउँपालिका-६ बस्ने १९ वर्षीया मैना सार्कीको सोही ठाउँस्थित हिमा नदीमा डुबेर दिउँसो मृत्यु भएको छ । बालुवा निकाल्ने क्रममा नदीमा डुबेर अशक्त भएकी उनको स्थानीय पाण्डप गुफा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।









