• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 06:08 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ६९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • चीन भ्रमणमा प्रधानमन्त्रीले पेट्रोलियम पदार्थ र रेल नेपालमा ल्याउने कुरामा पहल गर्नुपर्नेमा जोड

  • २१ भाद्र २०८०, बिहीबार १९:०६
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदार्थ (तेल) र रेल नेपालमा ल्याउने कुरामा विशेष पहल गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले भारततिर संकेत गर्दै नाकाबन्दीको मारबाट राष्ट्रलाई मुक्त गराउन पनि प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदार्थ र रेल ल्याउने कुरालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका हुन् । सांसद पन्तले जलासाययुक्त विद्युत् आयोजनामा लगानी भित्र्याउन पनि चीनसँग आग्रह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका छन् । उनले ट्रान्समिसन लाइन निर्माणको काममा पनि जोड दिन सरकारलाई सचेत गराए । सांसद पन्तले नेपाल अझै पनि विद्युतमा आत्मनिर्भर नभएको उल्लेख गर्दै त्यसमा आत्मनिर्भर बनाउन सरकारले जलाशययुक्त आयोजनाहरुको निर्माणमा ध्यान दिनुपर्ने जिकिर गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्यायसंग सम्बन्धित कानुनलाई लागू हुने गरी सदनबाट पारित गर्नुपर्ने बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले सबैको भावनालाई मध्यनजर गर्दै संक्रमणकालीन न्यायसँग सम्बन्धि कानुनलाई अन्तिम रुप दिएर सदनबाट पारित गराउनुपर्ने बताएका हुन् । कानून बनाउदा कतिपय विषयलाई नजरअन्दाज गर्दा अदालतमा पुग्ने र कानून लागू गर्न नसकिने अवस्था सिर्जना हुने भएकाले मानव अधिकारको मूल्यमान्यतालाई समेत ध्यानमा राखेर उक्त कानून अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन् । कोइरालाले सर्वोच्चको आदेश, अन्तराष्ट्रिय मूल्यमान्यता र पीडितलाई न्याय हुने गरी संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानुन बढाउनुपर्ने धारणा राखेका छन् । त्यसैगरी नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले विभिन्न निणर्यहरु गरेको छ । मन्त्रिपरिषद्को बैठकले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली स्वीकृत गर्ने तयारी गरेको छ । यस्तै संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक संघीय संसदमा पेश गर्ने निणर्य गरेको छ । सरकारका प्रवक्ता रेखा शर्माले निजामति सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने तयारी गरेको जानकारी दिएकी छन् । यस्तै स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति स्वीकृत गर्ने र चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने निणर्य पनि भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड