• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 05:12 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ४२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • राज्य प्रणालीमा भएको कमीको समीक्षा गर्न तयार रहेको अभिव्यक्ति

  • ३ चैत्र २०८०, शनिबार १९:२१
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिकरूपमा जनताको सर्वोतम उपलब्धी गणतन्त्र प्राप्त गरेपनि त्यसलाई अनुभूत गर्न बाँकी रहेको बताएका छन् । महोत्तरीको मटिहानीमा प्रजातान्त्रिक आन्दोलनका शहीद केशव कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले गणतन्त्र शासनमा व्यक्तिको परिवर्तन मात्र नभई जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार भएको भन्दै यसको वास्तविक अर्थ बुझ्न र अनुभूत गर्न बाँकी रहेको बताएका छन् । उनले प्रशासनिकरूपमा राज्यको पुनः संरचना गरेपनि राज्यको चरित्रको भने पुनः संरचना हुन बाँकी रहेको बताएका छन् । संविधानबमोजिम प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउने कानुन छिटो निर्माण गर्न संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई आग्रह गरेको उनले बताएका छन् । राष्ट्रपति पौडेलले वर्तमान संविधानले निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेको मात्र नभई वास्तविक अर्थमा नेपाली जनतालाई राजकीय शक्तिको मालिक बनाएको उल्लेख गरेका छन् । उनले संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको बताएका छन् । संविधानले प्रत्याभूत गरेको मौलिक हकको कार्यान्वयन गरी विपन्न, पिछडिएका र गरिब जनताको जीवनस्तर माथि उठाउन सकेमात्रै लोकतन्त्रको सार र सार्थकता यथार्थमा रूपान्तरण हुने उनको भनाइ छ । यसैबीच अर्थमन्त्री वर्षमान पुनले बैंकको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘बैंकहरुमा ऋण लिने, कालोसूचीमा पर्ने र तिर्दिन भन्ने प्रवृत्ति आपराधिक प्रवृत्ति हो ।’ उनले व्यवस्थामाथि प्रश्न उठाउने, व्यवस्था नै मन परेन भनेर व्यवस्थाका सानातिना कमजोरी, राजनीतिक प्रणालीका सानातिना कमजोरी खोतलेर त्यसलाई नै सबै पक्ष जस्तो बनाएर समाजमा एउटा व्यवस्था र नेतृत्वप्रति अनास्था पैदा गर्ने प्रवृत्तिसँग पनि आफूहरुको समर्थन नरहने उल्लेख गरेका छन् । धार्मिक, सामाजिक अतिवाद, मिलेर रहेको समाजलाई विखण्डन गर्ने प्रवृत्तिहरू, आफ्ना केही स्वार्थहरू पूरा गर्ने, आफ्ना महत्वकांक्षाहरु अगाडि ल्याउने प्रवृत्तिसँग पनि सरकारले सहमति नगर्ने उनको भनाइ थियो । मन्त्री पुनले राज्य प्रणालीमा भएको कमीको समीक्षा गर्न आफूहरू तयार रहेको बताएका छन् । उनले आफू अर्थमन्त्री रहँदासम्म जनतामा आशा जगाउने काम गर्ने जिकीर गरेका छन् । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वका विभिन्न मुलुकमा गएर नेपालीले राम्रो प्रगति गरिरहेको बताएका छन् । काठमाडौंमा आयोजना गरिएको “प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म” नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेको, त्यहाँ गएकामध्ये कैयौँ नेपालीहरूले राम्रो प्रगति गर्ने गरेको बताएका छन् । त्यही प्रगती गर्नेहरुमा डा. सूर्य सुवेदी पनि एक भएको उनले बताएका छन् । प्रा.डा. सूर्य सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे सहयोग मागेको उनले बताएका छन् । त्यस्तै पछिल्लो एमसीसी सम्झौतामा पनि उहाँले मध्यमार्गी बिकल्प दिनुभएको र सोही अनुसार नै लागू पनि गरिएको उनले बताएका छन् । उक्त पुस्तक लोकार्पण कार्यक्रममा प्रा.डा. सूर्य सुवेदीले पुस्तकमा नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनका विषयमा पुस्तकको सारसंक्षेपबारे चर्चा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड