• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 06:17 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • १७१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • संसदमा उदण्ड व्यवहार प्रदर्शन गरेर संसदीय मूल्य, मान्यताको खिल्ली उडाएको आरोप

  • ५ जेष्ठ २०८१, शनिबार १९:३१
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले संसद्लाई मुठभेडमा लैजान चाहेको आरोप लगाएका छन् । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गत जेठ ३ गते बिहीबार संसद् अवरोध गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुव्र्यवहारको प्रयास गरेको उल्लेख गर्दै उनले कांग्रेसले संसद्मा उदण्ड, अभद्र, अशिष्ट र अमर्यादित ढंगले प्रस्तुत भएर मुठभेडमा लैजान चाहेको जिकिर गरेका हुन् । काठमाडौंमा आयोजित युवा विषयक विचार गोष्ठीमा बोल्दै प्रमुख सचेतक बर्तौलाले पार्टी अध्यक्ष ओलीमाथि कांग्रेस उपसभापति गुरुङले संसद्मा उदण्ड व्यवहार प्रदर्शन गरेर संसदीय मूल्य, मान्यताको नै खिल्ली उडाएको बताएका छन् । उनले संसद्मा कांग्रेसले सत्तापक्षको आशनमा आएर गरिएको दुव्र्यवहारको जति निन्दा गरे पनि कम हुने उल्लेख गरेका छन् । प्रमुख सचेतक बर्तौलाले सहकारीको ठगी प्रकरण फौजदारी अभियोग भएकाले त्यसलाई संसद्ले नभई सरकारी निकायले अनुसन्धान गर्नुपर्ने तर्क समेत गरेका छन् । यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगारी क्षेत्रमा हुने ठगी रोक्नुपर्ने बताएका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले मुलुकमा रेमिट्यान्स आवश्यक रहेको भन्दै वैदेशिक रोजगार क्षेत्रमा हुने ठगीलाई रोक्नुपर्ने बताएका छन् । एशोसिएशनले ठगी कार्य रोक्न मुख्य भूमिका निर्वाह गनुपर्ने उनले बताएका छन् । वैदेशिक रोजगारी क्षेत्रमा महत्वपूणर् योगदान गर्न पनि उनले आग्रह गरेका छन् । त्यस्तै कांग्रेस नेता शेखर कोइरालाले मन्त्री परिवर्तन भएसँगै नीति पनि परिवर्तन हुने गरेका कारण वैदेशिक रोजगार क्षेत्र समस्यामा परेको बताएका छन् । प्रधानमन्त्री बन्ने होडवाजीले मुलुकमा राजनीतिक अस्थिरता देखिएको उनले बताएका छन् । कोइरालाले संसदमा गृहमन्त्रीलाई बोल्न दिन कांग्रेसले नरोकेको भन्दै गृहमन्त्रीले बोलेपछि कांग्रेसले बोल्न पाउनपर्छ भन्दा सत्तापक्षलाई स्वीकार्य नभएको बताएका छन् । त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई एक नम्बरको बनाउनका निम्ति पार्टीभित्रका आन्तरिक समस्याको अन्त्य गर्दै एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले सुनसरी जिल्लाको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । सुनसरी जिल्ला हरेक हिसाबले सम्पन्न जिल्ला भएको भन्दै पार्टीको अवस्था पनि राम्रो भएको जिल्ला भएकाले पार्टीभित्र रहेका केही आन्तरिक समस्या हल गर्न सकेमा आगामी निर्वाचनमा पार्टीलाई एक बनाउन कुनैपनि तत्वले रोक्न नसक्ने बताउनुभएको छ । अहिले पनि संघ र प्रदेशको सरकारमा कुनै न कुनै रूपमा एमाले नेतृत्वमा रहँदै आएको भन्दै उहाँले सरकारको नेतृत्वमा बसेका मुख्यमन्त्री, मन्त्रीहरूले जनताले आस गरेको परिणाममुखी कामहरू, जनताले आशा गरेका कामहरू गर्नुपर्छ भनेर पार्टी नेतृत्वले सधैँ भन्दै आएको बताउनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड