
काठमाडौं । बौद्विकाली गाउँपालिका-६ पोखरीछाप बस्ने ५६ वर्षीय चन्द्र बहादुर सिंजाली मगरलाई एकनाले भरूवा बन्दुकसहित बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय डेढगाउँबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित डेढगाउँबाट नरम जाने बाटोमा उक्त बन्दुक लिई हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यसैबीच बुढानिलकण्ठ नगरपालिका-११ कपन पैँयुटार डेरा गरी बस्ने सिन्धुपालचोक हेलम्बु गाउँपालिका-२ घर भएका २३ वर्षीय अर्जुन दर्नाल सुनारलाई एक थान कटुवा पेस्तोलसहित बिहान प्रहरीले पक्राउ गरेको छ ।









