• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 10:15 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • २१५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त झालाई ५ दिन थुनामा राख्न अनुमति

  • २१ असार २०८१, बिहीबार १९:४८
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ५ दिन थुनामा राख्न जिल्ला आदालत काठमाडौंले अनुमति दिएको छ । प्रहरीले अदालतमा उपस्थित गराउँदै दोस्रो पटक अनुसन्धानका लागि म्याद मागेको थियो । संगठित अपराधमा अनुसन्धान गरिरहेकाले ६० दिनको हदम्यादमा यो दोस्रो पटक थुनामा राख्ने अनुमति अदालतले दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले ठगी र संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्दै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो । त्यसैगरी नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताएका छन् । पार्टीको महाधिवेशन स्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले विश्वासको मत लिने वा नलिने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन् । कांग्रेस-एमालेबीचको सहमतिलाई सतकर्ताका साथ हेरिरहेको उनको भनाइ छ । उनले संविधान संशोधनको मुद्दा स्पष्टरूपमा बाहिर आइनसकेको भन्दै स्पष्टरूपमा आए पार्टीमा छलफल गर्ने जिकिर गरेका छन् । उनले पार्टी नेतृत्व चयनका विषयमा सकारात्मकरूपमा सहमतिको प्रयास भइरहेको भन्दै निरास हुनुपर्ने अवस्था नरहेको बताएका छन् । यसैबीच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेससँग सत्ता सहकार्य गर्दा एमाले अध्यक्ष केपी ओलीले ठिक ढंगले हेक्का राखेर अघि बढ्नुपर्ने नत्र अप्ठ्यारो हुने चेतावनी दिएका छन् । उनले ओलीले ठिक ढंगले हेक्का राखेमा समस्या नहुने नत्र गडबड हुने जिकिर गरेका छन् । उनले विगतमा एमालेसहितसँग सहकार्य गर्दा काँग्रेसका नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले ठिक ढंगले हेक्का राखेकै कारण ठूला उपलब्धि हासिल भएकाले गर्दा अब केपी ओलीको पालो आएको बताएका छन् । अहिले पनि प्रधानमन्त्री दाहालले राजीनामा नदिएर जालझेल गरी रहेको उनले टिप्पणी गरेका छन् । नेता थापाले सरकार काँग्रेस र एमाले नै मिलेर चलाउने राष्ट्रिय सहमति जरुरी नभएको पनि बताएका छन् । त्यस्तै नेता थापाले गठबन्धन बन्ने र भत्किने प्रक्रिया पनि सामान्य भएको बताएका छन् । उनले अबको चुनावबाट काँग्रेसले ठूलो सफलता प्राप्ति गरेर अविकसित र अल्पविकसितको सूचीभन्दा नेपाललाई माथि पार्ने ंढंगले काम गर्न सक्नुपर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड