• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 06:16 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ३३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्राकृतिक प्रकोपको क्षति न्युनीकरण गर्न गृहमन्त्री लामिछानेको निर्देशन

  • २३ असार २०८१, शनिबार १८:३४
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अब बन्ने सरकार संविधानको धारा ७६ (२) अनुसार नै बन्ने स्पष्ट गरेका छन् । पार्टी संसदीय दलको बैठकपछि बोल्दै लेखकले अब संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुने बताएका हुन् । लेखकले संसदीय दलको बैठकले कांग्रेस-एमालेबीच भएको सहमतिलाई स्वीकार गर्दै कार्यान्वयन गर्न प्रतिबद्धता जनाउने निणर्य गरेको जानकारी दिएका छन् । यसैबीच उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले राज्यका सबै संयन्त्रको पूणर् परिचालन गर्दै प्राकृतिक प्रकोपको क्षति न्युनीकरण गर्न निर्देशन दिएका छन् । निरन्तरको वर्षासँगै देशभर भएका विपद्का घटना र ती घटनाको व्यवस्थापनबारे गृहमन्त्रालयमा छलफल गर्दै लामिछानले सरकारले गरेको पूणर् तयारीका कारण यसअघिको भन्दा क्षति कम भएको देखिएको भन्दै जोखिम कायमै रहेकाले राज्यका सबै संयन्त्रको पूणर् परिचालन गर्दै प्राकृतिक प्रकोपको क्षति न्युनीकरण गर्न निर्देशन दिएका हुन् । उनले सीमित स्रोत साधनका कारण सरकारको तयारी पर्याप्त नभए पनि गम्भीरताका साथ फिल्डमा खटिनसमेत निर्देशन दिएका छन् । पहिरोको समस्या धेरै देखिएकाले जोखिमयुक्त क्षेत्रको पहिचान गरि बस्तीमा रहेका नागरिकलाई स्थानान्तरण गर्ने कामलाई प्राथमिकता दिनुपर्ने उनले बताएका छन् । उनले क्षति भएका स्थानका नागरिकलाई खाधान्न तथा कपडाको व्यवस्था गर्न पनि निर्देशन दिएका छन् । बैठकमा गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा नेपाली सेनाका उच्च अधिकारी लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल र नेताहरूले संरक्षण गर्न खोज्दा सहकारी समस्या देखिएको बताएका छन् । अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् । आफूलाई गृहमन्त्रीबाट हटाएको विषयमा सांकेतिक असन्तुष्टि जनाउँदै राम्रो काम गर्नेलाई टिक्न नदिने जिकीर गरेका छन् । उनले राजनीति सफा नभइकन अरु समस्या समाधान नहुने दाबी पनि गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड