
काठमाडौं । सुनवल नगरपालिका-७ अस्नैया बस्ने रिता भुसालको घरबाट कोही नभएको अवस्थामा च्यानल गेटको ताल्चा फुटाई कोठाभित्र र बैठक कोठामा रहेका दराजबाट र सोही घरको सटरमा रहेको किराना पसल समेतबाट सुन तथा चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब १० लाख ७० हजार रूपैयाँ बराबरको धनमाल दिउँसो चोरी भएको छ । यसैबीच चितवन, भरतपुर महानगरपालिका-१ पुलचोक स्थित होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित सोही महानगरपालिका-१२ गोन्द्राङ बस्ने २३ वर्षीय यम बहादुर गुरूङ लगायत ५ जनालाई राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट नियन्त्रित लागूऔषध एभिल २ एम्पुल, डाईजेपाम २ एम्पुल, लुपिजेसिक २ एम्पुल, फेनारगन २ एम्पुल र नाईट्राभेट ३० ट्याब्लेट सहित २ जनालाई बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिराटनगर महानगरपालिका-६ बस्ने १९ वर्षीय रामु बिक र उर्लाबारी नगरपालिका-९ बस्ने १९ वर्षीय भिम कटेल रहेका छन् ।









