
काठमाडौं । नेपाली सेना प्रधान कार्यालय जंगी अड्डाले अहिले सम्मको वार्षिक प्रगति विवरण पत्रकार सम्मेलन मार्फत सर्वाजनिक गरिएका छन् । नेपाली सेनाको प्रवक्ता गौरवकुमार केसीले नेपाली सेनाले काठमाडौ निजगढ फष्ट ट्रेक, युएन मिसनमा नेपाली सेनाको भूमिका, सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता र संविधान रक्षाका लागि नेपाली सेनाले वर्षौ देखि आफ्नो भूमिका निर्वाह गर्दै आएका छन् । नेपाली सेना भित्र काम गर्ने व्यक्तिको छोराछोरीका लागि फ्रि स्कोलर सिप लगायतका विषयमा देशभर रहेका नेपाली सेनाको आवासिक विद्यालयमा राम्रो प्रबन्ध मिलाउँदै आएका छन् । नेपाली सेनाले गतआर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन मार्फत सार्वजनिक गर्ने बताएका छन् । नेपाली सेनाका विभिन्न विभागका निर्देशनालयहरुले आ-आफ्नो वार्षिक प्रगति विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने गरेका छन् । नेपाली सेनाको विषयमा केही सञ्चार माध्यममा प्रकाशित गरेको समाचारको विषयमा समेत खण्डन गरेका छन् ।









