• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 02:10 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ५८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • आर्थिक परिवर्तन र राजनीतिक स्थीरताका लागि अहिलेको गठबन्धन बनेको अभिव्यक्ति

  • १९ श्रावण २०८१, शनिबार १९:१३
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले चीनको विकास अनुभव नेपालको लागि बहुमूल्य शिक्षा हुन सक्ने विचार व्यक्त गरेकी छन् । फ्रेण्डस् अफ सिल्क रोड क्लबले काठमाडौमा आयोजना गरेको नेपालको विकासका लागि चीनको अनुभव सम्बन्धी कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले चीनले छोटो समयमा हासिल गरेको विकास अनुभवबाट नेपालले धेरै शिक्षा लिएर अघि बढ्नुपर्ने विचार व्यक्त गरेकी हुन् । उपाध्यक्ष घिमिरेले नेपाल र चीनका बिचमा जनस्तरमा राजनीतिक, आर्थिक, सांस्कृतिक लाभहरुको आदान-प्रदान हुँदै आएको चर्चा गर्दै त्यसको माध्यमबाट सम्पर्कका सञ्जालहरुलाई बढाउँदै आर्थिक वृद्धिलाई उत्प्रेरित गर्न र आम नागरिकको जीवनस्तर सुधार गर्न सहयोग पुर्‍याउने धारणा व्यक्त गरिन् । चीन र नेपालले पूर्वाधार विकास, कृषि र ग्रामीण विकास, पर्यटन र ग्रामीण विकास, शिक्षा र क्षमता विकास तथा हरित विकास र वातारण संरक्षण क्षेत्रमा सँगै काम गर्न सक्ने क्षेत्रहरू भएको भनाई उनको छ । ट्रान्स-हिमालयन बहुआयामिक सम्पर्क नेटवर्क मार्फत सडक, रेल र हवाई सम्पर्कहरू बढाउँदा नेपालको लागि नयाँ आर्थिक अवसरहरू खोल्ने महत्वपूणर् परियोजना हुन सक्ने बताउँदै उपाध्यक्ष घिमिरेले चीनले कृषि आधुनिकीकरण, उत्पादकत्व वृद्धि र ग्रामीण जीवनस्तर सुधार गर्न गरेको अनुभव आदान-प्रदान गरेर नेपालको कृषि क्षेत्रमा रूपान्तरण ल्याउन सकिने बताएकी छन् । यसैगरी चीनको सहयोगमा बनेका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका बिभिन्न शहरमा सिधा हवाई सम्पर्क कायम गर्न आवश्यक भएको बताउँदै उपाध्यक्ष घिमिरेले नेपालको पर्यटन विकासका लागि यसले कोशेढुंगाको काम गरेको बताएकी छन् । यसैबीच उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायीत्वको जगमा आर्थिक परिवर्तनका लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा मिलेर सरकार बनाएको बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् । यसअघि छिटो छिटो सरकार परिवर्तन हुँदा अस्थीरता भएको भन्दै राजनीतिक स्थीरताका लागि अहिलेको गठबन्धन बनेको उनको भनाइ थियो । राजनीतिक स्थायित्व र स्थिरताको जगमा आर्थिक परिवर्तन, सामाजिक परिवर्तन गर्नेदेखि सबै कुरालाई यावत रूपमा कार्यान्वयन गर्नका लागि यो सरकार गठन भएको बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आफ्नो क्षेत्रबाट निर्वाचित भएर उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री बनेका प्रकाशमान सिंह र प्रदेश सांसद सुरजचन्द्र लामिछाने बागमति प्रदेशको आन्तरिक मामिला मन्त्री बनेकोमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो । त्यसैगरी नेकपा एमालेका नेता योगेश भट्टराईले मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस-एमाले एक ठाँउ आउनुपरेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले देशलाई प्रयोगशाला बनाउँदा विकास र समृद्धिमा असर परेको भन्दै मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस-एमाले एक ठाँउ आउनुपरेको बताएका छन् । उनले इतिहासको कठिन मोडमा कांग्रेस-एमालेले देशका लागि निकै योगदान गरेको भन्दै अब मुलुकलाई अघि बढाउनका लागि पनि एक ठाँउ आएको जिकिर गरेका छन् । उनले अर्थतन्त्रलाई लयमा फर्काउनुपर्ने, विदेशी मुलुकको विश्वास जितेर लगानीको वातावरण बनाउनुपर्ने लगायतका विषयलाई सहज ढंगले अघि बढाइने धारणा राखेका छन् । नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्नुपर्ने भएकाले कांग्रेस-एमालेले अग्रसरता लिए पनि सबै राजनीतिक दलहरूलाई एकसाथ लिएर जाने उनको भनाई थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड