• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 12:17 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ५१९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • बिआरआईको विषयले सरकारमा समस्या नआउने मन्त्री सिंहको अभिव्यक्ति

  • १५ मंसिर २०८१, शनिबार १७:५७
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका सम्पूणर् बुद्धधर्मावलम्बी र शान्तिप्रेमी मानिसको आस्थाको केन्द्र रहेको लुम्बिनीको विकास र संरक्षणमा सरकार गम्भीर रहेको बताएका छन् । लुम्बिनी विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २०औं वार्षिकोत्सव समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति ओलीले लुम्बिनी बुद्धको जन्मस्थल मात्रै नभएर बुद्धिजमको मुहानसमेत भएकाले विश्वमाझ यसको प्रचारप्रसार गर्दै पावन भूमिको रूपमा विकास गर्ने काममा सरकार लागिपरेको बताएका हुन् । मानव जातीको कल्याण, शान्ति, समानता, विकास र समृद्धिबाट हुने भन्दै उनले आम नेपाली जनताको समृद्ध जीवनका लागि ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा अनुरूप सरकार अगाडि बढेको बताएका छन् । ढाँट, छलकपट र प्रपञ्च मानवीय गुण नभएको भन्दै उनले बुद्ध दर्शनको अनुसरण गर्दै शान्ति, प्रेम, करुणाको मार्गमा अगाडि बढ्न आग्रह पनि गरेका छन् । प्रम ओलीले यसअघि आफू प्रधानमन्त्री हुँदा लुम्बिनीमा पाँच हजार अट्ने सभाहल बनाउने निणर्य गरेको र सोहीअनुरूप सभाहल तयार भएको स्मरण गरेका छन् । कार्यक्रममा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बौद्ध विश्वविद्यालयले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताइन् । त्यसैगरी उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले बिआरआईको विषयले सरकारमा समस्या नआउने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बिआरआईमा नेपाली कांग्रेस र नेकपा एमालेबीच फरक मत नरहेको बताएका छन् । अहिले देशको अर्थतन्त्रले थप ऋण धान्न सक्ने अवस्था नरहेको भन्दै उनले कांग्रेस अहिले अनुदानकै पक्षमा रहेको बताएका छन् । उपप्रधानमन्त्री सिंहले कुनै योजनामा ऋण लिएर काम गर्दा तिर्न सक्ने अवस्थामा ऋण लिन सकिने भए पनि अहिले नै ऋण लिइहाल्ने अवस्था नरहेको बताएका छन् । यसैबीच उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार २०८४ सालमा हुने आगामी निर्वाचनसम्म स्थिर रहने दाबी गरेका छन् । रुपन्देही उद्योग संघको ४७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विगतमा बारम्बार सरकार परिवर्तन हुँदै आएको भए पनि अहिलेको सरकारलाई स्थायित्वको विश्वास दिलाउन प्रयासरत रहेको बताएका छन् । पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन २०८४ को निर्वाचन सम्पन्न नभएसम्म कायम रहने दाबी गर्दै यसबारे अनावश्यक आशंका गर्न आवश्यक नरहेको जिकीर गरेका छन् । उपप्रधानमन्त्री पौडेलले निजी क्षेत्रलाई सरकारप्रति सकारात्मक भएर नीतिगत र नेतृत्वको स्थिरताबाट लाभ लिन आग्रह गरेका छन् । पौडेलले वर्तमान समयमा अस्थिरताको सम्भावना नरहेको दाबी गर्दै यस किसिमका प्रयासहरूलाई समर्थन नगर्न आह्वान पनि गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड