
काठमाडौं । छत्रकोट गाउँपालिका–५ खर्ज्याङ खोलाबाट एकनाले भरूवा बन्दुक १ थान राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी खर्ज्याङबाट गस्तीमा खटिएको प्रहरीले उक्त स्थानमा वेवारिसे अवस्थामा रेहको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यसैबीच तनहुँ, आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार १ सय ट्याब्लेट सहित रसुवा उत्तरगया गाउँपालिका–२ घर भएका २२ वर्षीय सर्बजित तामाङलाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले वीरगंजबाट पोखरातर्फ आउँदै गरेको ग.१ ख १५६० नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।









