
काठमाडौं । पर्सा, वीरगंज महानगरपालिका–१६ श्रीरामचोकस्थित सडकमा मधेश प्रदेश ०३–००१ त ८२५१ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–१६ नगवा टोल बस्ने गणेश मल्लिकको छोरा ७ वर्षीय आदित्य मल्लिकको बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनकुटा, पाख्रीवास नगरपालिका–३ जौउटारस्थित सडकमा को.१ ज २६३९ नम्बरको पिकअप बोलेरो राति दुर्घटना हुँदा चालक पाख्रीवास नगरपालिका–९ उत्तरपानी बस्ने ३९ वर्षीय शुक्र बहादुर तामाङ र बोलेरोमा सवार सिराहा लहान नगरपालिका–५ बस्ने २४ वर्षीय प्रमोद मल्लिकको मृत्यु भएको छ । दुर्घटनामा प्रमोदको घटनास्थलमै र शुक्र बहादुरको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको हो । यसैबीच नागार्जुन नगरपालिका–६ ह्वाईट गुम्बा नजिकै सडकमा बा.२ क ६०८८ नम्बरको जेसिबिको ठक्करबाट सोही नगरपालिका–६ बस्ने पंच कुमारी तामाङकी छोरी ११ वर्षीया अनुसा तामाङको दिउँसो मृत्यु भएको छ ।









