
काठमाडौं । काठमाडौं महानगरपालिका–२७ असनस्थित सुनिल तुलाधरको घरमा रहेको इलेक्ट्रिक सामान तथा भाँडा गोदाममा विद्युत सर्ट भई दिउँसो आगलागी हुँदा करिब ३५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । गोरखा, चुमनुव्री गाउँपालिका–६ ताजु बस्ने ताजु कुल जंगको ३ वटा घरमा दिउँसो आगलागी हुँदा ३ वटा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । कास्की, पोखरा महानगरपालिका–७ पार्दीस्थित जिल्ला कारागार कास्कीको ब्लक बी भित्र रहेको चमेना गृहमा विद्युत सर्ट भई बिहान आगलागी हुँदा टिभि १ थान, डिफ्रिज २ थान लगायतका सामानहरू जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । बाजुरा, हिमाली गाउँपालिका–५ बच्छया बस्ने गौरी मलालको घरमा साँझ आगलागी हुँदा घर भित्र रहेका २ तोला सुन, नगद, लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान जलेर करिब ७ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।









