• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 06:13 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • २४५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • माओवादी केन्द्रको पक्षमा धु्रवीकरणको नया“ लहर सुरु भएको दावी

  • १९ माघ २०८१, शनिबार १८:१४
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी सम्बन्धी अध्यादेशबाट सहकारी क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरेको छ । कांग्रेस सहकारी विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सहकारी क्षेत्रमा देखिएका समस्या र विकृति अन्त्य गर्न सरकारले अध्यादेश ल्याएको जानकारी गराएका हुन्‌ । देउवाले अध्यादेशले समग्र सहकारी क्षेत्रको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्‌ । सहकारीमा जम्मा गरेका लाखौं बचतकर्ताहरुको रकम सञ्चालनहरुले अपचलन गरेको भन्दै उनले त्यसको सुरक्षाको ग्यारेन्टी गराउनुपर्ने बताएका छन्‌ । सभापति देउवाले सहकारी क्षेत्रको विकास हुन सके समग्र अर्थतन्त्रकै विकास हुने जिकिर गरेका छन्‌ । उनले अर्थतन्त्रका तीन आधारमध्ये एक सहकारी क्षेत्रको औचित्य र महत्व निकै रहेकाले कांग्रेसले सहकारी आन्दोलनलाई आम नागरिकसमक्ष पुर्‍याउन खोजेको बताएका छन्‌ । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका छन्‌ । नेकपा माओवादी केन्द्र चितवनले गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई माया गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका हुन्‌ । अध्यक्ष प्रचण्डले अहिले देशभरि माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर देखिएको उल्लेख गर्दै यसले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको बताएका छन्‌ । आफूले १८ महिना सरकारमा रहेर नयाँ अभियानको थालनी गरेकाले यसबाट डराएकाहरुले सरकारबाट हटाएको जनताले प्रष्टरुपमा बुझिसकेको उल्लेख गर्दै उनले पार्टीको तर्फबाट पनि यसबीचमा भएका कमजोरीको आत्मसमीक्षा गर्दै रुपान्तरणको थालनी गरिएको बताएका छन्‌ । सरकारमा रहेर थालिएको सुधारको नयाँ थालनी, सरकारबाट निस्केपछि देशब्यापीरुपमा लिइएको पहलकदमी तथा सदन र सडकमा विपक्षी मोर्चाको तर्फबाट देश र जनताको पक्षमा लिइएको पहलकदमीले जनतामा नयाँ आशाको जागृत हुँदै गरेको उहाँले जानकारी दिएका छन्‌ । अध्यक्ष प्रचण्डले लामो समयदेखि राजनीतिक आन्दोलनमा संलग्न नेताहरुको पार्टी प्रवेश र ध्रुवीकरणले माओवादी केन्द्रलाई बलियो बनाउने मात्र होइन, मुलुकै अग्रगामी रुपान्तरणका लागि महत्वपूर्ण योगदान पुग्ने बताएका छन्‌ । त्यसैगरी खानेपानी मन्त्री प्रदीप यादवले सामुदायिक खानेपानी प्रणालीमाथि लाग्दै आएको कर खारेज गर्ने घोषणा गरेका छन्‌ । चन्द्रागिरि नगरपालिका–२, नागढुङ्गास्थित नागढुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाँचौँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री यादवले ‘जनताको पानी, सरकारको लगानी’ अवधारणा अन्तर्गत सामुदायिक खानेपानी प्रणालीमा आर्थिक भार सिर्जना गर्ने कर हटाउने प्रतिबद्धता व्यक्त गरेका छन्‌ । मन्त्री यादवले उपभोक्ता समितिहरूलाई थप सशक्त बनाउन सरकार लागिपरेको उल्लेख गरेका छन्‌ । उनले सरकारले सुरक्षित र सुलभ खानेपानी जनताको मौलिक अधिकारका रूपमा लिएको बताउँदै सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने सरकारको प्रमुख जिम्मेवारी रहेको स्पष्ट पारेका छन्‌ । मन्त्री यादवले खानेपानी तथा सरसफाइ दिगो विकासको आधारभूत स्तम्भ भएको उल्लेख गर्दै स्थानीय उपभोक्ता समितिहरूको योगदान प्रशंसनीय रहेको बताएका छन्‌ । उनले उपभोक्ताहरूको सहभागिता, प्रतिबद्धता र परिश्रमले कुनै पनि चुनौती पार गर्न सकिने बताउँदै खानेपानी व्यवस्थापन, सरसफाइ सुधार र दिगो विकासका लागि सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन्‌ । मेलम्ची खानेपानीको वितरण पाइपलाइन हाल काठमाडौं उपत्यकामा सीमित रहेकाले चन्द्रागिरि नगरपालिकामा पनि मेलम्चीको पानी ल्याउन विशेष पहल गरिने मन्त्री यादवले बताएका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड