• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 04:31 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • १८२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • विकास निर्माणमा दलहरु मिलेर काम गर्नुपर्नेमा जोड

  • १५ फाल्गुन २०८१, बिहीबार १८:३२
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहना पूर्वाधार विकास भएको भन्दै विकास निर्माणमा दलहरु मिलेर काम गर्नुपर्ने बताएका छन्‌ । शहरी विकास मन्त्रालय अन्तर्गतको सघन शहरी विकास कार्यक्रमअन्तर्गत कञ्चनपुर बेलौरी नगरपालिकामा एकीकृत शहरी विकास कार्यक्रमका विभिन्न योजना उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्‌ । उनले पूर्वाधार विकासका कामहरु गरेर जनतालाई सेवासुविधा दिनुपर्नेमा आफ्नो जोड रहेको बताएका छन्‌ । उनले राजनीतिक व्यवस्था बदल्ने आन्दोलनमा सबै दलहरु मिलेको चर्चा गर्दै विकास निर्माणका काममा पनि दलबीच एकता जरुरी रहेको धारणा राखेका छन्‌ । उनले विकासका लागि राजनीतिक स्थिरता आवश्यक पर्ने भएकैले अहिले नेपाली कांग्रेस र नेकपा एमालेसहित अरु दलहरुलाई पनि मिलाएर सरकार बनेको बताएका छन्‌ । त्यस्तै, उपप्रधानमन्त्री सिंहले सरकारले बजेट बनाउँदा जनताको आवश्यक्ताको प्राथमिकिकरणका आाधरमा योजनाहरु बनाउने पनि बताएका छन्‌ । संविधानले दिएका अधिकार सबैले बराबरी रुपमा उपभोग गर्न पाउनुपर्ने भन्दै उहाँले लामो संघर्षबाट प्राप्त अधिकारहरुलाई सुरक्षित गर्न आवश्यक कानूनहरु बनाउन सरकार लागिरहेको जानकारी दिएका छन्‌ । अधिकार सँगसँगै जिम्मेवारी विर्सन नहुनेमा पनि सिंहले बताएका छन्‌ । यसैबीच नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जिम्मेवारीबाट हटाउन नहुने पक्षमा नेपाली कांग्रेसका प्रमुख पदाधिकारी नै देखिएका छन्‌ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखकलगायतका नेताहरू तत्काल कुलमानलाई हटाउन नहुने पक्षमा रहेको स्रोतले बताएको छ । पछिल्लो समय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का कुलमानलाई हटाउने पक्षमा देखिन्छन्‌ । खड्का कांग्रेसकै मन्त्री हुन्‌ । कुलमानले राजनीतिक पूर्वाग्रह प्रेरित भएर सरकारलाई नटेरेको भन्दै मन्त्री खड्का असन्तुष्ट छन्‌ । अर्कातिर प्रधानमन्त्री केपी शर्मा ओली पनि कुलमानसँग विगतदेखि नै सन्तुष्ट छैनन्‌ । माओवादी केन्द्रनिकट मानिने कुलमानले सरकारलाई असहज हुने गरी गतिविधि गरिरहेको आरोप पनि छ । त्यसैगरी खानेपानी मन्त्री प्रदिप यादवले खानेपानी संस्थानमा देखिएको बेतिथि अन्त्य गर्दै नाफामा लगेर छाड्ने प्रतिवद्धता जनाएका छन्‌ । संस्थानको ३६ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री यादवले नयाँ योजनाका साथ संस्थानमा देखिएको बेतिथि अन्त्य गर्दै घाटामा रहेको संस्थानलाई नाफामा लगेर छाड्ने प्रतिवद्धता जनाएका हुन्‌ । उनले केहि कर्मचारीहरूले संस्थाको हित बिपरित काम गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन्‌ । संस्थानलाई कार्यबहाकको भरमा धेरै दिन चलाउन नसकिने भन्दै छिटै महाप्रबन्धक नियुक्त गर्ने उनले जानकारी दिएका छन्‌ । उनले आफू मन्त्रालयमा आएपछि खानेपानीको क्षेत्रमा धेरै सकारात्मक काम भएका कारण जनताको असन्तुष्टि अन्त्य भएको दावी गरेका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड