• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 11:14 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ३९१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सार्वजनिक यातायात बन्द गर्ने यातायात व्यवसायी तथा मजदुरहरुको निर्णय

  • १९ जेष्ठ २०८२, आईतवार १९:१९
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । यातायात व्यवसायी तथा मजदुरहरूले सोमबारदेखि सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेका छन्‌ । राइड सेयरिङ सम्बन्धी कानुनको विरोधमा उनीहरूले अत्यावश्यक सेवामा पर्ने यातायात नै ठप्प पार्न लागेका हुन्‌ । यातायात व्यवसायी तथा मजदुरहरूले संयुक्त विज्ञप्ति प्रकाशन गरी माग पूरा नभएसम्म यातायातका साधन थन्क्याउने निर्णय गरेका हुन्‌ । दुई दिनदेखि उनीहरूले आ–आफ्‌नो गाडीमा कालो झन्डा राखेर विरोध प्रदर्शन गर्दै आएका छन्‌ । गण्डकी सरकारले हालै ल्याएको यससम्बन्धी कानुनको विषयलाई लिएर सुरुमा पोखराका व्यवसायी आन्दोलनमा उत्रिएकोमा हाल देशैभरि यातायात ठप्प पार्न लागिएको छ । निजी सवारीसाधनलाई पनि राइड सेयरिङको अनुमति दिँदा आफूहरूको व्यवसायमा असर गर्ने भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्‌ । यसैबीच नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वातावरण तथा जलवायु परिवर्तनको बिषयमा सबै दलको साझा धारणा बनाउन काँग्रेस पार्टीले अग्रसरता लिने बताएका छन्‌ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले आयोजना गरेको वातावरण तथा जलवायु परिवर्तन सरोकार संवादको कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्‌ । उनले पार्टी सभापतिको हैसियतले आफूले यसको नेतृत्व लिन समेत तयार रहेको बताएका छन्‌ । जलवायु परिवर्तनको समस्या सम्बोधन गर्ने बिषयमा कुनै पनि राजनैतिक दल विशेषको फरक धारणा नहुने बताउँदै उनले यो बिषयमा नेपालका सबै दलहरूको धारणा मिल्दोजुल्दो भए पनि, ती प्रयासलाई एउटै साझा मञ्चमा ल्याउने काम अझै बाँकी रहेको बताएका छन्‌ । सभापति देउवाले उक्त पार्टीको केन्द्रीय कार्यालय, साथै प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र तथा स्थानीय तहका सम्पूर्ण कार्यालयहरू र पार्टीका सम्पूर्ण वडा कार्यालयहरू लगायत भातृ तथा शुभेच्छुक संघ सङ्गठनहरू र विदेश स्थित जनसम्पर्क समितिका कार्यालयलाई ‘नो प्लास्टिक जोन’ हुने घोषणा समेत गरेका छन्‌ । स्रोत र क्षमताको सीमितताबिच पनि नेपालले वातावरण तथा जलवायु परिवर्तनको समस्यासँग जुध्न सधैं अग्रसरता देखाउँदै आएको चर्चा गर्दै उनले जलवायु परिवर्तन सम्बन्धी तर नीति र योजनाहरू मात्र पर्याप्त नहुने र तिनको कार्यान्वयनका लागि वित्तीय स्रोत र विज्ञान तथा प्रविधिमा पहुँच अपरिहार्य रहने बताएका छन्‌ । त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छाडा भएर राजावादीले आक्रमण गरे प्रतिवाद गर्ने गरी तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका छन्‌ । काठमाडौंमा योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले राजावादी छाडा बनेर आफूहरूमाथि आक्रमण गर्ने कोसिस गरिरहेको बताएका छन्‌ । प्रचण्डले राजावादीहरूले पैसाको बलमा भाडाको मान्छे ल्याएर उफार्ने काम गरेको आरोप लगाएका छन्‌ । उनले गणतन्त्र माओवादीको बलमा मात्रै आएको हो भन्दै प्रचार गर्न खोजिएको उल्लेख गर्दै गणतन्त्र सबै जनताको भएको जिकिर गरेका छन्‌ । माओवादी र प्रचण्डलाई एक्लो पार्ने र अरूलाई भ्रम छर्ने गरी राजावादीले कुप्रचार गरिरहेको उनले बताएका छन्‌ । त्यस्तै अध्यक्ष प्रचण्डले यथास्थितिवाद र प्रतिगमनविरुद्ध संघर्ष गर्दै गणतन्त्रको विकास गर्दै समाजवादी गणतन्त्रतर्फ दोहोर्‍याउने जिम्मेवारी र चुनौती माओवादीको काँधमा रहेको उल्लेख गरेका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड