• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 07:15 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • १०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरुद्वारा संसद बैठक अवरुद्ध

  • २६ जेष्ठ २०८२, आईतवार १९:४९
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै आएका विपक्षी दलहरूले संसद अवरुद्ध पारेपछि बैठक स्थगित भएको हो । सभामुख देवराज घिमिरेले आइतबारको कार्यसूची हटाएर बैठक स्थगित गरेका थिए । संसद सुरू हुनेवित्तिकै विपक्षी दलहरूले हो–हल्ला गर्दै संसद अवरुद्ध पारेका थिए । सभामुखले दलीय आधारमा बोल्न दिने आग्रह गरे पनि विपक्षी दलले अडान कायमै राखेका थिए । यसैबीच गृहमन्त्री रमेश लेखकले लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्‌ । उनले समाजमा लागूऔषधको अवैध कारोबारदेखि दुर्व्यसनले अवस्था भयावह रहेको भन्दै त्यसको नियन्त्रणका लागि सबै सङ्गठित हुनुपर्नेमा जोड दिएका छन्‌ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने सन्दर्भमा मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सरोकार भएका सबैको सहयोग र सहकार्यमा लागुऔषध न्यूनीकरण तथा नियन्त्रण गर्नुपर्ने बताएका छन्‌ । आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको जड ‘लागुऔषध’ भएकाले त्यसको न्यूनीकरण तथा नियन्त्रणमा समग्र राष्ट्र एक हुनुपर्ने मन्त्री लेखकको भनाई थियो । गृहमन्त्री लेखकले यसअघि जस्तै यस वर्ष आगामी असार ६ देखि १२ गतेसम्म देशव्यापी रुपमा मनाउन लागेको सो दिवसलाई परिणाममुखी बनाउन सबैसँग आग्रह समेत गरेका छन्‌ । लागुऔषधका कारण समाजमा परेका दुष्प्रभाव न्यूनीकरण तथा नियन्त्रणका लागि व्यक्ति स्वयं सचेत र सजग हुनुपर्नेमा जोड दिँदै मन्त्री लेखकले अभिभावक र शिक्षकबीच विद्यालयमा नियमितजसो अन्तरक्रिया हुनुपर्ने, विद्यालय तहको पाठ्यक्रममा लागुऔषध सम्बन्धी विषय समावेश गर्नुपर्ने, समग्र राष्ट्रलाई पिरोलिरहेको यससँग सम्बन्धित सञ्जाल र दुष्चक्रलाई तोड्नुपर्ने र प्रचारप्रसारको कामलाई अभियानका रुपमा सञ्चालन गर्नुपर्ने बताएका छन्‌ । आफू मन्त्रालयको जिम्मेवारीमा आएपछि मन्त्री लेखकले लागूऔषध, आत्महत्या, सडक दुर्घटना र साइबर क्राइम थप चुनौतीका रुपमा देखा परेको बताउँदै नियन्त्रणका लागि मन्त्रालय प्रयासरत रहेको बताएका छन्‌ । त्यसैगरी कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको अनुदानका लागि बजेट अपुग भएको बताएका छन्‌ । राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको रासायनिक मलको सहज व्यवस्थापन विषयको बैठकका क्रममा मन्त्री अधिकारीले बजेट नपुगेकै कारण मलको समस्या समाधान हुन नसकेको बताएका छन्‌ । अनुदान बजेट अनुसारको मल भने समयमै ल्याएर डिपोसम्म पुर्‍याउने काम मन्त्रालयले गरिरहेको उनको भनाइ छ । परियोजनाले पैसा नभई उपकरण खरिद गरेर अनुदान दिने गरेको मन्त्री अधिकारीले बैठकमा जानकारी गराएका छन्‌ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा दुई वर्षदेखि कार्यकारी निर्देशक पद रिक्त रहेकामा हालै नियुक्त गरी पठाएको उनले बताएका छन्‌ । विषादी नियन्त्रणका लागि मन्त्रालयले सरोकार भएका निकायसँग छलफल गरी अघि बढेको उनले बैठकमा जानकारी गराएका छन्‌ । समितिका सभापति कमला पन्तले रासायनिक मलका बारेमा बेला बेलामा गुनासो आउने गरेकाले मन्त्रीसहित मन्त्रालयका अधिकारी बोलाएर छलफल गरिएको जानकारी गराएका छन्‌ । प्रदेश र स्थानीय सरकारलाई पनि रासायनिक मलसँग सम्बन्धित विषयमा समस्या नआउने गरी काम गर्न निर्देशन दिएको उनले बताएका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड