• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 11:14 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • २९२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • जसपाले समर्थन फिर्ता लिएस“गै राष्ट्रिय सभामा सरकारले बहुमत गुमायो

  • १ श्रावण २०८२, बुधबार १९:५७
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । राष्ट्रिय सभामा सरकारले बहुमत गुमाएको छ । तीन सिट भएको जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएसँगै सरकारले बहुमत गुमाएको हो । प्रतिनिधि सभामा झन्डै दुईतिहाइको सरकार राष्ट्रिय सभामा भने निरीह देखिएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा अब सरकारसँग २८ सिट अर्थात २८ सांसद मात्रै छन्‌ । राष्ट्रिय सभामा सरकारमा सामेल दलहरूमध्ये नेपाली कांग्रेससँग १६, नेकपा (एमाले) सँग ११ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग १ सिट छ । यसरी हेर्दा सरकारको पक्षमा २८ सिट मात्रै पुग्छ । यदि जसपा नेपालले समर्थन फिर्ता नलिएको हुन्थ्यो भने सरकारसँग ३१ सिट पुग्थ्यो । त्यो भनेको ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमत हो तर, जसपा नेपालले समर्थन नै फिर्ता लिइसकेको अवस्थामा सरकार स्पष्ट अल्पमतमा परेको हो । यता विपक्षमा भने बहुमत पुगेको छ । राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल नेकपा (माओवादी केन्द्र) सँग १७, नेकपा (एकीकृत समाजवादी)सँग ८, जसपा नेपालसँग ३ र राष्ट्रिय जनमोर्चासँग एक सिट छ । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम पनि एकीकृत समाजवादी प्रवेश गर्दैछन्‌ । उनको संख्या एकीकृत समाजवादीमा जोडिँदैछ । राष्ट्रपतिबाट मनोनीत सदस्यको तर्फबाट सरकारको पक्षमा एकभन्दा बढी संख्या बढ्न सक्ने अवस्था छैन । यसै भए पनि सरकारसँग २९ पुग्छ, त्यो पनि बहुमत होइन । यसैबीच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुने विश्वास व्यक्त गरेका छन्‌ । अर्जुनधारा नगरपालिकामा अव्यवस्थित बसोबासीहरूलाई धनीपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदबाट भूमिसम्बन्धी नयाँ कानुन निर्माणपछि वर्षौँदेखि थाती रहेको भूमि समस्याको समाधान हुने बताएका छन्‌ । उनले सयौँ भूमिहीनहरूलाई जग्गाको मालिक बनाउन आवश्यक रहेको उल्लेख गर्दै विगतका आयोगले राजस्व महँगो भएका कारण तयारी धनीपुर्जाहरू वितरणमा समस्या भएको गुनासो आएको स्मरण गरेका छन्‌ । वर्तमान सरकारले जग्गाको राजस्व घटाएर पाँच प्रतिशत बनाएपछि धनीपुर्जा लिन तयार हुनेहरूको संख्यामा वृद्धि भइरहेको बताएका छन्‌ । त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभित्र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु अहिलेको चुनौती रहेको बताएका छन्‌ । नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले हिजोको चुनौती साक्षरता रहेको भन्दै आजको चुनौती देशभित्र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु रहेको बताएका छन्‌ । उनले सरकार, सबै राजनीतिक दल र सरोकारवालाई शिक्षाको विकासका लागि एकजुट भएर लाग्न अनुरोध गरेका छन्‌ । सामुदायिक विद्यालयहरूले सेवामुखी भइ मुलुकको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिँदै आएको उनको भनाइ छ । सभापति देउवाले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरको वृद्धिका साथै सुविधा पनि विस्तार गर्नुपर्ने खाँचो रहेको बताएका छन्‌ । समृद्धिको आधारशिला जीवन उपयोगी शिक्षा रहेकाले व्यवसायिक शिक्षा प्रदान गर्न सरकारबाट समुचित र न्यायोचित पहल हुनुपर्ने खाँचो देखिएको उनले बताएका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड